काठमाडौं । नेपाल कम्युिनष्ट पार्टी (नेकपा) ले कानुनमन्त्री शेरबहादुर तामाङलार्इ अापत्तीजनक अभिव्यक्ती दिएकाे भन्दै राजीनामा दिन निर्देशन दिएकाे छ ।

उनी अाज दिउँसाे पत्रकार सम्मेलनकाे अायाेजना गरी राजीनामा दिने मनशायमा पुगेकाे स्राेतले बताएकाे छ । मन्त्री तामाङले बंगलादेशमा एमबिबिएस अध्ययन गर्न जाने नेपाली छात्राहरूबारे अापत्तीजनक अभिव्यक्ती दिएका थिए । उनले सुनेकाे हवला दिदै बंगलादेशमा अध्ययन गर्ने छात्राहरूले अाफ्नाे अस्मिता बेचेर सर्टिफिकेट लिनुपर्ने बाध्यता रहेकाे बताएका थिए । य यता डा. गाेविन्द केसीकाे अनसनले सरकारलार्इ सकस परिरहेकाे बेला मन्त्रीले समेत विपक्षीलार्इ ठाउँदिने गरी बाेलेकाे भन्दै नेकपाका नेताहरू रूष्ट भएका थिए ।

बालुवाटारमा राति अबेरसम्म भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका शीर्ष नेताहरुले मन्त्री तामाङलाई राजीनामा दिन सुझाएका छन् । ‘सरकार र सिंगो पार्टीलाई नै बदनाम गर्ने प्रयास भयो ।