पानवारी । डा. गोविन्द केसीको सत्याग्रहप्रति धरान जेष्ठ नागरिक मिलन केन्द्रले ऐक्यबद्धता जनाएको छ ।
बिहीबार एक प्रेस विज्ञप्ती जारी गरी केन्द्रले डा. केसीको मागमा समर्थन जनाउँदै माथेमा आयोगले प्रस्तुत गरेको प्रतिवेदनको मूल मर्म अनुरुप सदनमा पेश गरी कानुनी रुप प्रदान गर्न माग गरेको छ । ‘१५ औ पटक अनसनमा बसेको आज २७ औ दिन भइसकेको छ र वहाँको जीवन संकटमामा भएकोले यस्तो परिस्थितिबाट वहाँलाई बाहिर निकाल्नु सरकारको कर्तव्य भएको’ धरान जेष्ठ नागरिक मिलन केन्द्रकी अध्यक्ष सरला कायस्थ सहित ६ जना पदाधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्ती मार्फत् सरकारलाई डा. केसीको जीवनरक्षा गर्न माग गर्नुका साथै माथेमा आयोगले बुझाएको प्रतिवेदनको मर्म अनुरुपको विधेयक संसदमा पेश गरी कानुनी मान्यता दिन माग गरिएको छ । साथै अब उप्रान्त पटक पटक अनसन बस्नुपर्ने वातावरण नबनाउन समेत माग गरिएको छ ।