-
Home
-
सिनेमा
-
साढे ३३ किलो सुन तस्करी प्रकरणमा भेटिएनन् ‘ठूला माछा’
साढे ३३ किलो सुन तस्करी प्रकरणमा भेटिएनन् ‘ठूला माछा’
- श्रावण १३, २०७५
- ब्लाष्ट खबर
धरान । साढे ३३ किलो सुन तस्करी प्रकरणमा ‘ठूला माछा’ फेला नपारी समितिले प्रतिबेदन बुझाउन लागेकाे छ ।
गृहमन्त्री रामबहादुर थापाले जेठ २३ मा सुन तस्करीमा तीन तहका गिरोह भएको दावी गरेका थिए । तस्करीमा भुरा, मझौला र ठूला माछा रहेको अभिव्यक्ति दिएका थापालाई सोको अनुसन्धान गर्न बनेको समितिले ‘ठूला माछा’ बिनै प्रतिवेदन बुझाउँदै छ ।
साढे ३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरण छानबिन गर्न गृह सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले यसैसाता गृहमन्त्रीलाई प्रतिवेदन बुझाउँदै छ । तर अनुसन्धान पूरा नहुँदै प्रतिवेदन बुझाउन लागिएको हाे ।