बिर्तामोड । संयुक्त बिद्यार्थी संगठनले आइतबार झापाका स्थानीय तहमा ज्ञापनपत्र बुझाएका छन् । शिक्षा क्षेत्र सुधारको माग गर्दै बिद्यार्थी संगठनले स्थानीय तहमा ज्ञापनपत्र बुझाएका हुन् ।
अनेरास्ववियु तथा अखिल क्रान्तिकारी शैक्षिक बिकृती अन्त्यको माग गर्दै केही दिन यता झापामा चरणबद्ध आन्दोलनमा छन् । उनीहरुले केहिदिन अघि आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै शैक्षिक बिकृतीका बिरुद्ध आन्दोलन गर्ने बताएका थिए ।
सोही अनुरुप आइतबार झापाका स्थानीय तहमा ज्ञापनपत्र बुझाएका हुन् । विगत २ बर्ष अघिदेखि भएका प्याप्सन, एनप्याप्सन, तथा प्रशासनसँगका सहमतिहरु अझै पनि कार्यान्वयन नहुने र बर्षेनी त्यही पुरानै बिषयमा सहमति गर्दै तोड्दै गर्ने प्रवृति अन्त्य हुनु पर्ने मागसहित आन्दोलन थालिएको अनेरास्ववियु झापाका अध्यक्ष दुर्गा धमलाले बताए ।
संगठनले १६ गते प्याप्सन एनप्याप्सनका पदाधिकारी रहेका बिद्यालयमा तालाबन्दी गर्ने, २० गते अत्याधिक शुल्क लिने सामुदायिक तथा संस्थागत बिद्यालयमा तालाबन्दी गर्ने, २४ गते बिना अनुमति सञ्चालन गरिएका कन्सल्टेन्सी तथा गुणस्तर साथै पूर्वाधार बिनाका सीटीइभिटीबाट संम्बन्धन प्राप्त शिक्षण संस्थामा तालाबन्दी गरिने बताएका छन् ।
त्यसैगरी २९ गते झापामा मेडिकल तथा इन्जिनियरिङ शिक्षा सम्बन्धि बृहत अन्र्तक्रिया गरिने, ३१ गते शिक्षामा भएको निजीकरण, माफियाकरण साथै शैक्षिक विकृतिका बिरुद्ध र्याली गरिने, भदौ ३ गते जिल्लाभरका सम्पूर्ण स्थानीय तहका शिक्षा समितिमा तालाबन्दी गरिने र ४ गतेदेखि अनिश्चितकालिन शैक्षिक हड्ताल गरिने अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष अनिल सुबेदीले बताए ।