ताप्लेजुङ/उच्चशिक्षा सुधार परियोजना अन्तर्गत देशैभरिका स्नातकतहमा अध्ययनरत विद्यार्थीकालागि दिईने छात्रवृत्तिमार्फत छात्रवृत्ति पाएका विद्यार्थीबाट कमिसन लिएको खुलेको छ । छात्रवृत्ति पाएका विद्यार्थीहरुबाट छात्रवृत्ति मिलाई दिए बापत  प्रति विद्यार्थी ६ हजार रुपयाँ कमिशन लिएको खुलेको हो ।ताप्लेजुङ जिल्लाको पाथिभरा बहुमुखि क्याम्पसमा अध्यानरत केहि विद्यार्थीलाई सोहि क्याम्पसमा अध्ययनरत असोक चोङवाङ र स्थानिय ईक्साहाङ मेन्याङवोले फारम भराएको र छात्रवृति उपलब्ध भएपछि छात्रवृति पाउने विद्यार्थीबाट प्रति विद्यार्थी ६ हजार रुपैयाँ मागेको बताईएको छ । सो फारम गत पुसमा भरिएको थियो । फारम भर्ने मध्ये ६ जनाले छात्रवृत्ति पाएका छन् । छात्रवृत्ति प्राप्त गर्ने अर्जुन खिम्दिङ, अग्नी पौडेल, सुजन घिमिरे, अमित साँवाले ६–६ हजारका दरले यस अघि नै ईक्साहाङ मेन्याङ्बाे र असोक चोङ्वाङलाई बुझाईसकेको बताएका छन् । यसैगरि पेम्बा शेर्पाले भने ४ हजार मात्रदिएको साथै आसिस तोलाङले भने रकम नबुझाएको पाईयाे ।

तोलाङलाई भने कमिसन बापतको ६ हजार रकम बुझाउन बारम्बार असोक चोङ्वाङले फोन गर्ने गरेको बताईएको छ । यसमा विद्यार्थीहरुले केको लागि पैसा दिनुपर्ने भनि सोध्दा छात्रवृति मिलाई दिए बापतको पैसा तल बुझाउनु पर्ने भन्दै मेन्याङ्बाे र चोङ्वाङले मागेको विद्यार्थीहरुको गुनासो छ । यता स्थानिय इक्साहाङ मेन्याङ्बाेले भने आफ्नो चिनजानको साथीले छात्रवृत्तिका लागि फारम खुलेको र सो फारम भरि पठाउन भनेपछि यहाँका विद्यार्थीका लागि राम्रो होस भनेर आफुले चिने जानेकाको भरेर पठाएको बताए । “मेरो एक जना साथीले यस्को फारम खुलेको जानकारी गराएको थियो ।” उनले भने “मैले केहि रकम खाएको छैन् ।, यो सबै जिल्लाको विद्यार्थीको लागी गरेको हो ।”सो चिनजानको साथीमार्फत छात्रवृत्ति पारेको र सो साथीले छात्रवृत्ति पारे बापत प्रति विद्यार्थी ६ हजार पठाउनु पर्ने भन्दै मागेको र सो रकम विद्यार्थीबाट मागि पठाईदिएको उनको भनाई छ । ति व्यक्ति दमकका जितु धिमाल रहेको र उलार्इ नै आफुले सम्पुर्ण रकम बैङ्क मार्फत पठाएको मेन्याङ्बाेले बताए । मेन्याङ्बाले भने आफ्नो कुनै पनि नियत नरहेको र त्यो रकमआफुँले नखाएको समेत दाबी गरे । उता जितु धिमालले भने विद्यार्थीबाट रकम लिएको स्विकारेका छन् । उनले ताप्लेजुङ भनेको विकट ठाउँ हो यस्तो विकट ठाउँको त्यहाँगएर सेटिङ मिलाउनु पर्ने भएको र सो सेटिङ मिलाए बापतको रकम लिएको बताए । उनको विद्यार्थीको लागि सहयोग गरेको दाबी छ ।“ताप्लेजुङ भनेको विकट ठाउँ हो, त्यहाँका विद्यार्थीलाई छात्रवृत्ति खुलेको थाहा पनि हुँदैन । मैले त बाटो मात्र देखाएको हो ।” टेलिफोनमा धिमालले भने “पहिलो पटक मिलाउनको लागि काठमाण्डौ सम्मदफारम लिएर जानुपर्छ, त्यहाँ बस्दा, खाँदा पैसा लाग्छ, सेटिङ मिलाउनु पर्छ, आफ्नो पैसा खर्च गर्ने कुरा आएन, सोहि सेटिङ मिलाएवापत पैसा लिएको हो ।”उनले टेलिफोनमाथपे “यो सवै मैले विकट ठाउँका विद्यार्थीकालागि गरेकोे हो, यस्लाई अन्यथा नलिई दिनुहोला, तपाई जत्तिको बुझ्ने मान्छेले ।” विश्व बैङ्क वित्तिय सहयोगमा विश्वविद्यालय अनुदान आयोग मार्फत वित्तिय छात्रवृत्ति कोष अन्र्तगतको सो छात्रवृति एक विद्यार्थीले तिनवर्ष सम्म लागातार पाउने गर्दछन् । छात्रवृत्ति प्राप्त गरेको विद्यार्थीले प्रत्येक वर्ष १८ हजारका दरले तिन वर्षमा ५४ हजार प्राप्त गर्दछन ।