धरान । प्रहरी इन्काउण्टरमा दुर्इ अपहरणकारी मारिएका छन् । भक्तपुरकाे डाेलेश्वर जंगलमा अपहरणकारी र प्रहरीबीच भएकाे भिडन्तमा दुर्इ अपहरणकारी मारिएकाे महानगरीय अायुक्तकाे कार्यालयका प्रमुख डिअार्इजी मनाेज न्याैपानेले बताएका छन् ।
आइतबार साँझदेखि अपहरणमा परेका ११ वर्षीय बालकको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा अपहरणकारी अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको हो ।
महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार घटनास्थलबाट एउटा पेस्तोल, दुर्इ राउण्ड गोली र बालकको परिवारलाई धम्क्याउन प्रयोग भएको मोबाइल बरामद भएको छ ।
अपहरणकारीले अपहरित ११ वर्ष वर्षीय बालक निशान खड्काको हत्या गरेका छन् बालककाे शव ठिमी नगरपालिकास्थित एक घरभित्र हत्या गरिएको अवस्थामा प्रहरीले भेटेकाे थियाे । बालककाे शव भेटिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले पुष्टि गरेका छन् ।
उनले बालकको हत्या आइतबार साँझै भएको हो या सोमबार मात्रै भयो भन्ने विषयमा अनुसन्धान भइरहेको बताएका छन् । अपहरणकारीले खड्काको परिवारसँग ३० लाख रूपैयाँ फिरौती माग गरेका थिए ।