धरान । नेपाल अायल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएकाे छ । निगमले पेट्रोल, डिजेल मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

सोमबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाइएको पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँले बढेर १११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टतिेलको मूल्य २/२ रुपैयााले बढ्दा ९५ रुपैयाँ पुगेको छ ।

निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार भारतीय आयल कर्पोरेशन (आईओसी)ले नयाँ मूल्यसूची पठाएपछि निगमले पेट्राेलियम पदार्थकाे मुल्यवृद्धि गरेकाे हाे । मूल्य नबढाए निगमलाई महिनामै ६० करोड घाटा हुने अवस्था भएकाे भन्दै निगमलाई यो मूल्य समायोजनपछि पनि महिनामा १४ करोड ४२ लाख घाटा प्रवक्ता गोइतले जनाए ।

नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा ६५ पैसा नाफा छ भने डिजेल र मट्टीतेलतमा ७० पैसा घाटा छ ।

नेपालमा हाल पेट्रोल भारतको सीमा क्षेत्रभन्दा पेट्रोल २३ रुपैयाँ र डिजेलमा २५ रुपैयाँ सस्तो छ ।