पथरी । एक हप्ता बितिसक्दा पनि जाँतेको श्रीमाविमा भएको ‘पानीको टंयाङ्कीमा बिषादी’

घटना प्रहरीले भने अझै दोषी पत्तो लगाउन सकेको छैन । घटना पच्छात जिल्ला प्रहरी कार्यालय मोरङको डिएस्पी निशान थापाको संयोजकत्वमा घटनाको अनुसन्धान गर्न टोली गठन गरेको थियो । अनुसन्धान टोली गठन गरी यतीका दिन टोलीले दोषी भने अझै पत्त्ता लगाउन नसकेको हो । ‘पानीको टंयाङ्कीमा बिषादी’ कस्ले लगायो भन्ने बारेमा गहिरो अनुसन्धान भैरहेको र त्यस घटनामा संलग्न दोषी चाँडो पत्त्ता लाग्ने अनुसन्धान टोलिका संयोजक डिएस्पी निशान थापाले बताए । उता वडा नं. ९ का वडाध्यक्ष कृष्ण प्रसाद लुईटेलका अनुसार प्रहरीको अनुसन्धान पर्खिरहेका छौँ तर कति दिन पर्खर्ने ? यत्रो दिन बिति सक्यो यो घटनाको दोषीलाई अबको दुई दिन पछि प्रहरीले पत्त्ता लगाउन सकेन भने वडा नं. ९ वडाबासी आफैँ लाग्ने अध्यक्ष लुईटेलले बताए । घटना पञ्चात अनिश्चित कालका लागी बन्द गरिएको बिद्यालय आइतबार देखि कक्षा पूर्न संचालन गरेका छन् । बिद्यालयमा जोडिएको धाराको पानी र टंयाङ्कीको पानी आइतबार बिद्यालयले प्रयोगमा बन्देज लगाएको थियो । बिद्यार्थीलाई पानी खुवाउन बिद्यालयले सो दिन एक गाडी जारको पानी स्कुलमै ल्याएर बिद्यार्थीलाई बितरण प्रधानध्यापक ख्यामराज दुलालले बताए ।

गाडीमा ल्याएको जारको पानीले थाम्न नसकिने रैछ, सोमबार देखि प्रत्येक बिद्यार्थीलाई घरघरबाट आफुले पिउने पानी बोतलमा ल्याउन सुचना गरेको शिक्षिक खगेन्द्रराज खतिवडाले बताए । बिद्यार्थीहरुको पूर्न स्वास्थ चेकको लागी सोमबार मंगलबारे हस्पिटल लगिने शिक्षक खतिवडाले बताए । घटनामा सिकिस्त बिराटनगरको नोबेल अस्पताल र लाइफ गार्ड अस्पतालमा भर्ना गरिएको ७ जना बिद्यार्थी उपचार पछि शनिबार घर फर्केका छन् । उपचार सफल भएर अस्पतालले घर पठाएको वडाध्यक्ष लुईटेलले बताए ।

कक्षा ७ मा अध्ययनरत प्रतिमा लिम्बू, कक्षा ३ मा अध्ययनरत चेतन खड्का र कक्षा ५ मा अध्ययनरत सिर्जना निरौला रहेका छन् । उनिहरु सँगै खुस्बु मिश्र, कमला लिम्बू, सृष्टी निरौला र मनिस थापा सिकिस्त बिरामी भएर मंगलबारे हस्पिटलबाट थप उपचारको लागी बिराटनगर ल्याएका थिए । साउन २९ गते बिहान लेटाङ नगरपालिका –९, स्थीत जाँतेको श्री माविको खाने पानीको टंयाङ्कीमा बिषादी लगाएको पानी खादा २९ जना बिद्यार्थी बिरामी परेका थिए । ती मध्ये ७ जना सिकिस्त भएका थिए । २५ जना सोहि दिन मंगलबारे हस्पिटलबाट उपचार पछि घर फर्केका थिए भने ४ जना सिकिस्त थप उपचारका लागी बिराटनगर लगेका थिए । साउन ३१ गते थप तीन जना सिकिस्त भएपछि थप उपचारको लागी बिराटनगर लगेका थिए ।

यसैबीच लेटाङ नगरपालिकाका नगर प्रमुख शंकर राईले विद्यालयका विद्यार्थीले पिउने पानीको ट्याङ्कीमा विषादी हाल्ने अपराधीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरिसकेका छन् । नगर प्रमुख राईले विज्ञप्ति सार्वजनिक गर्दै वालबालिका अध्ययन गर्ने पवित्र स्थलमा भएको यस्तो क्रियाकलापको तत्काल छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेका थिए । प्रहरीले घटना अझै सम्म पत्त्ता लगाउन नसके भन्दै अभिभावकहरु दुख व्यक्त गरेका छन् ।