पानवारी । चिल्ड्रेन हाउस मन्टेश्वरी धरानका बालबालिकालाई एकदिने फिल्ड ट्रिप गराइएको छ । मन्टेश्वरीका बालबालिकालाई धरानको हरियाली सामुदायिक वन भित्र रहेको पार्कमा लगेर त्यहाको प्राकृतिक अवस्था र जंगली जनावरहरुको अध्ययन अवलोकन गराइएको छ । प्रिन्सिपल पार्वती तुम्बाहाम्फेले विद्यार्थीलाई बाहिरी ज्ञानको लागी घुमाउन लगेको बताइन् । उनले मन्टेश्वरीका सबै विद्यार्थीहरुलाई प्रत्यक्ष रुपले वाहिरी ज्ञान दिनको निम्ति वार्षिक रुपमा फिल्ड ट्रिपमा लैजाने गरेको बताइन् । त्यस्तै मन्टेश्वरीका सम्पूर्ण विद्यार्थीको निःशुल्क स्वास्थ्य चेक जाँच गरिएको छ । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका बाल रोग विशेषज्ञ डा. बसन्त राईले मन्टेश्वरीका बालबालिकाको स्वास्थ्य जाँच गरेको प्रिन्सिपल तुम्बाहाम्फेले जानकारी दिइन् ।