पथरीशनिश्चरे/प्रधानमन्त्री केपी शर्मा ओली, कानूनमन्त्री भानुभक्त ढकाल, उर्जामन्त्री वर्षमान पुन सहितका मन्त्रीहरु पूर्वको कार्यक्रमका लागि मंगलवार विराटनगर आइपुगेका छन् । प्रधानमन्त्री ओलीले पहिलो कार्यक्रमका रुपमा सोमबार दिउँसो विराटनगरमा पाइपबाट घरघरमा वायोग्याँस वितरण कार्यक्रमको उद्घाटन् तथा वीरेन्द्र सभागृहमा १ नम्बर स्तरका नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्तासँग भेटघाटको कार्यक्रम रहेको ओलीका सञ्चार विज्ञ चेतन अधिकारीले जनाए ।

कानून मन्त्री बनेपछि पहिलो चोटी मोरङको आफ्नो निर्वाचन क्षेत्र नम्बर ३ आएका कानूनमन्त्री ढकालले पथरीशनिश्चरेमा बुधबार विहान नेकपाले आयोजना गर्ने कार्यक्रममा सरिक हुनेछन् । सोही बाटो भएर झापा जाने क्रममा मन्त्री ढकाललको निम्तोमा प्रधानमन्त्री ओली समेत पथरीमा हुने कार्यक्रममा सहभागी बन्नेछन् ।

त्यसपछि प्रधानमन्त्री ओली बुधबार झापाको कमल गाउँपालिकाको लखनपुरस्थित आयुर्वेदिक औषधालयको शिलान्यास र दिउँसो गौरादहमा कार्यकर्ता भेटघाट कार्यक्रम सकेर बुधबार नै राजधानी फर्किनेछन् । कानूनमन्त्री ढकाल भनें पथरीको कार्यक्रम सकेर कानेपोखरी, बेलबारी र सुन्दरहरैंचाका स्वागत कार्यक्रममा सरिक बन्ने पार्टीले जनाएको छ ।

त्यस्तै, उर्जामन्त्री वर्षमान पुन बुधबार विहान मोरङको मिक्लाजुङस्थित मधुमल्लामा सौर्यउर्जा उद्घाटन् कार्यक्रममा सरिक हुनुहुने त्यहाँबाट नविन कार्कीले जनाए ।