इटहरी/ करको दरमा गरेको वृद्धिको विरोधमा इटहरीमा युवा अगुवाहरुले साङ्लो जुलुुस प्रर्दशन गरेका छन् । सरकारले करबृद्धि व्यापारीहरुको डाढ सेक्ने गरी बढाएको भन्दै उनीहरुले साङ्लो जुलुस प्रर्दशन गरेका हुन । करका कारण व्यापारी आतंकित भएको भन्दै उनीहरुले सरकारको बिरुद्धमा प्रर्दशन गरे ।
व्यापारीहरुलाई कर बढाएर व्यापार गर्ने समस्या परेको कारण सडकमा प्रर्दशन गर्नु परेको सामाजिक अगुवा तथा इटहरीका व्यवसायी पूर्ण राईले बताए । उनले भने सरकारले जनताको हित विपरीत करबृद्धि गर्दा व्यापारीहरु मारमा परेको बताए । व्यापार व्यबसाय गरेर खाने वातावरण समेत सरकारले नबनाएको कारण अहिले ब्यापारीहरु सडकमा आउँनु परेको उनको तर्क छ । सर्वसाधरण जनताले व्यापार गरेर खान सक्ने अवस्था नभएको कारण आफुहरु सडकमा प्रर्दशन गरेको सामाजिक अभियान्ता तथा सञ्चारकर्मी मनोज भुजेलले बताए ।
उनले भने सरकारको ज्यादती बिरुद्ध हामी सडकमा आएका हौ । अहिले सरकारले नागरिकको पक्षमा भन्दा पनि भष्टचारको पक्षमा लाग्दै आएको उनको आरोप थियो । पछिल्लो समयमा सरकारले बढाएको कर लिने निर्णय फिर्ता होस उनले भने । प्रर्दशनमा उत्रिएका युवाहरुले हातमा साङ्लो बानेर सरकारको विरोध जनाएको थियो । काम गरेर खान नदिएको भन्दै साङ्केतिक रुपमा आन्दोलन गरीएको युवाहरुले जनाएका छन् । सरकारले व्यबसायीहरुलाई सहज रुपमा व्यापार गरेर खान दिनु पर्ने सामाजिक अगुवा दिवस पोखरेलले बताए । उनले भने व्यापार गरेर खान नदिने सरकारको नियति हो कि क्या हो ।