धरान । मार्मा स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगी अंगवीरसिंह ठगुन्नाकाे मंगलबार हत्या भएकाे  छ ।

दार्चुलाकाे मार्मा गाउँपालिका–१ घोल्जर घर भई गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय ठगुन्नाको हत्या भएको जिप्रका, दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिएका छन् ।

ठगुन्नाको हत्या घरमै भएको थियाे । हत्याराले ठगुन्नाको साथमा रहेको रु १० लाख लुटेर लगेको प्रहरीले जानकारी दिएकाे छ । घरैमा सुतिरहेका बेला उनको हत्या गरि पैसा लुटिएकाे हाे । ठगुन्नाका श्रीमती र छोरा तराइतिर बस्छन् । घरमा पठाउन लागेकाे १० रूपैयाकै कारण हत्या भएको हुन सक्ने अनुमान प्रहरीले गरेकाे छ ।