पथरीशनिश्चरे/पूर्वकै उत्कृष्ट सामुदायिक क्याम्पसका रुपमा परिचित झापाको दमक बहुमुखी क्याम्पस सञ्चालक समितिको निर्वाचनमा १५ पदका लागि ३९ जनाले उम्मेदवारी दिएका छन् । ११ सदस्य पदका लागि ३० जना र ५ सदस्यीय लेखा समितिमा ९ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समिति संयोजक डिल्ली भट्टराईले जनाए । ११ जना निर्वाचित सदस्यबाट पदाधिकारी चुनिने व्यवस्था छ । क्याम्पससभाका सदस्यका रुपमा रहेका विभिन्न ८ दलका प्रतिनिधिहरुले सहमतिको समय माग गरेपछि शुक्रबारका लागि तय भएको निर्वाचन सबैको सहमतिमा भदौ २१ गतेका लागि निर्वाचन सार्ने निर्णय भएको निर्वाचन समिति संयोजक भट्टराईले उल्लेख गरे । उम्मेदवारी दर्ता यसअघि नै भएको अवस्थामा भदौ १७ गतेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ ।

सञ्चालक समितिको सदस्यमा मनोनयन दर्ता गर्नेहरुमा अम्बिका खनाल, बासुदेव भट्टराई, टीकाराम खरेल, पर्शुराम सञ्जेल, कृष्ण दंगाल, रामकुमार थापा, देउकुमार नेम्बाङ, लोमनाथ भण्डारी, मोहन धिमाल, मोहनप्रसाद भण्डारी, शान्ति धिमाल, गजेन्द्र श्रेष्ठ ,वेदनिधि गौतम ( वेदु ), महेश घिमिरे, शान्तिराम सुब्बा, बोधराज घिमिरे, खेमप्रसाद दाहाल रहेका छन् । त्यस्तै, शुरेस सुब्बा, ढुण्डिराज भण्डारी, धिरेन लावती, दिपेनवाला राई, प्रविणकुमार चाम्लिङ, भागवत बुढाथोकी, हरिप्रसाद जैसवाल, विक्रम अधिकारी, लता चापागाई, रेगिना भट्टराई, आइन्द्रविक्रम केरुङ, रोशन विष्ट र बिमल निरौलाले सदस्यमा मनोनयन दर्ता गराएका छन् ।

लेखा समितिको संयोजकमा हरि नेपाल र हरि सुवेदीको उम्मेदवारी परेको छ । त्यस्तै, ४ जना सदस्यका लागि ७ जनाको उम्मेदवारी दर्ता भएको छ । लेखा सदस्य पदमा उम्मेदवारी दिनेमा विजयप्रसाद बराल, कुलबहादुर बस्नेत, कमन देवान, भेषबहादुर भट्टराई, यमबहादुर लोरिङदेन, पर्शुराम रिजाल र भीमप्रसाद भट्टराई रहेका छन् । उम्मेदवारी दिने अधिकांश मुख्य राजनीतिक दलहरुका स्थानीय नेताहरु रहेका छन् ।

३ वर्षे कार्यकालको लागि हुन लागेको सो निर्वाचनमा २ सय २६ जना क्याम्पससभा सदस्यहरु मतदाताका रुपमा रहेका छन् ।