पथरी । घटना भएको एघार दिन बितिसक्दा पनि दोषीलाई पक्राउ गर्न नसकेको भन्दै जाँतेका सरकारी र संस्थागत विद्यालयहरुले दवाब मुलक र्याली गरेका छन् । शुक्रबार वडा बाल संञ्जालको आयोजनामा श्रीमावि, टेन्डर बोर्डिङ स्कुल, नमुना बोर्डिङ स्कुल, प्यारागन बोर्डिङ स्कुलका विद्यार्थीहरुले प्रहरी प्रशासन र वडाकार्यलय विरुद्ध र्याली गरेका थिए ।

श्रीमाविको प्राङ्गनबाट सुरु भएको र्याली मदन चौक, बढौली चोक, देवकोटा चौक हुदै वडाकार्यालयमा गएर र्यालीको विर्सजन गरेको वडा बाल संञ्जालका अध्यक्ष प्रितिका भट्टराईले बताइन । र्यालीमा शिक्षकशिक्षिकाहरुको पनि सहभागीता रहेको श्रीमाविका शिक्षक सिताराम भण्डारीले बताए ।

अपराधि पत्ता लगाउन जाँतेबासी एकजुट हुनै पर्ने..., विद्यालय व्यावस्थापन समिति तथा अभिभावकले विद्यालय प्रति चाँसो राख्नु पर्ने, विद्यालयलाई सुरक्षित क्षेत्र बनाउँनै पर्छ, अपराधिलाई पत्ता लगाएर कडाँ सजाय दिनु पर्ने जस्ता माग प्लेड कार्डमा लेखेर वडा नं. ९ को जाँते गाउँ परिक्रमा गरेका थिए ।

साउन २९ गते बिहान लेटाङ नगरपालिका –९, स्थीत जाँतेको श्रीमाबीको खाने पानीको टंयाङ्कीमा बिषादी लगाएको पानी खादा २९ जना बिद्यार्थी बिरामी परेका थिए । ती मध्ये ७ जना सिकिस्त भएका थिए । घटना पच्छात जिल्ला प्रहरी कार्यालय मोरङको डिएस्पी निशान थापाको संयोजकत्वमा घटनाको अनुसन्धान गर्न टोली गठन गरेको थियो ।

अनुसन्धान टोली गठन गरेता पनि टोलीले दोषी भने अझै पत्त्ता लगाउन सकेको छैनन ।

इलाका प्रहरी कार्यालय लेटाङका प्रहरीले श्रीमाविका परिचर रामकुमार लिम्बू र सोहि विद्यालयका केहि विद्यार्थीहरुलाई लगेर अनुसन्धान गरेर छाडेका त्यहाँका शिक्षकहरु बताउँछन् । इलाका प्रहरी कार्यालय लेटाङका इस्पेक्टर योगराज खतिवडाले अनुसन्धान भैरहेको बताएका छन् ।

अपराधी पत्ता लगाउन दैनिक फिल्डमा अनुसन्धानको लागी जाने र अपराधी छिट्टै पत्ता लाग्ने इस्पेक्टर खतिवडाले बताए । उता ‘पानीको टंयाङ्कीमा बिषादी’ कस्ले लगायो भन्ने बारेमा गहिरो अनुसन्धान भैरहेको अनुसन्धान टोलिका संयोजक डिएस्पी निशान थापाले बताए ।

उता वडा नं. ९ का वडाध्यक्ष कृष्ण प्रसाद लुईटेलले प्रहरीको अनुसन्धान फितलो भएको बताएका छन् । प्रहरीलाई सोध्दा तपाईहर चुप लागेर बस्नु अपराधि छिट्टै पत्ता लाग्छ भनेर भन्न नछोड्ने वडाध्यक्ष लुईटेलले बताए ।