धरान । प्रदेश १ मा पहिलाे पटक राष्ट्रव्यापी क्षुद्रग्रह खाेज अभियान –२०१८ हुने भएकाे छ ।
नेपाल एस्ट्रोनोमिकल सोसाईटटीले प्रदेश १ संस्करण स्वरूप प्रदेश १ मा पहिलाे पटक राष्ट्रव्यापी क्षुद्रग्रह खाेज अभियान गर्ने भएकाे छ ।
यही भाद्र १८ देखि असोज १४ सम्म संचालन हने भनिएकाे उक्त अभियानमा कक्षा ९ देखी कक्षा १२ सम्म अध्यायनरत विद्यार्थी सम्मिलित टाेलीले भाग लिन पाउने छन् । यस संस्करणमा नेपाल एस्ट्रोनोमिकल सोसाईटटीले ३० टाेलीलार्इ मात्र सहभागी गराउने भएकाे छ । यस अभियानमा सहभागिताका लागी नेपाल एस्ट्रोनोमिकल सोसाईटीकाे अाधिकारीक वेवसाइटwwww.nepalastronomicalsociety.org/asteroidsearch मा कायक्रमकाे बारे जनकारी रहेकाे छ।
देशमा वैज्ञानिक समाजको स्थापना गर्ने उद्देश्य बोकि स्थापित नेपाल एस्ट्रोनोमिकल सोसाईटटीले विगत ६ वर्षदेखि निरन्तर गर्दै आएको राष्ट्रव्यापी क्षुद्र ग्रह खोज अभियानको निरन्तरता दिदै अाइरहेकाे छ । जस्काे स्वरुप यस वर्षपनि उक्त खोज अभियानलार्इ निरन्तरता दिन राष्ट्रव्यापी क्षुद्रग्रह खाेज अभियानकाे प्रदेश १ संस्करण ल्याएकाे हाे ।
यो खोज अभियानले विद्यार्थीहरुमा भविष्यमा अझ बढ़ी खोज अनुसन्धानमा लाग्न मद्दत गर्नेछ साथै अहिलेको समयमा वैज्ञानिक शिक्षालाई व्यवहारमा उतार्दै एउटा सक्षम,सवल र वैज्ञानिक समाजको निर्माणमा ठूलो भुमिका खेल्ने नेपाल एस्ट्रोनोमिकल सोसाईटटीकाे दाबी छ ।