मधुमल्ला/मोरङको मिक्लाजुङ गाउँपालिकामा कार्यरत बालविकाश शिक्षकहरुले आज (सोमबार ) मिक्लाजुङ गाउँपालिकामा धर्ना दिएका छन् ।
पेशागत सुनिश्चितको अधिकार हाम्रो माग भन्ने मुल नाराका साथ आज देसभर स्थानीय निकायहरुम धर्ना दिने कार्यक्रम अन्र्र्तगत मिक्लाजुङ गाउँपलिकामा पनि धर्ना कार्यक्रम गरिएको बाल विकास शिक्षक संघ मिक्लाजुङ संयोजक रमा कोइराला आचार्यले बताइन् । गाउँपालिका परिसरमा बिहान १० बजे देखी १२ बजे सम्म धर्ना दिएका थिए । धार्ना कार्यक्रममा मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्य , शिक्षा बिभाग संयोजक बुद्धीलला निरौला, शिक्षा अधिकृत कांशिनाथ खनाल लाई आफ्ना मागहरुको बारेमा जानकारी गराएको धर्नाम सहभागी मञ्जु बोहोराले जानकारी दिइन । मिक्लाजुङ गाउँपालिकामा ३८ विद्यालयमा ४० जना बालविकास शिक्षकहरु कार्यरत छन् । धर्नाकार्यक्रममा सहभागी बनेका गाउँपालिका प्रमुख देवी प्रसाद आचार्यले संघिय सरकार र प्रदेश सरकारले नीति बनाएर संबोधन गरेको खण्डमा स्थानीय निकायले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नियुक्ती दिने क्रममा राज्यले स्पस्ट नीति नबानाई कार्य अगाडी बढाएकाले आज यो अवस्था आएकाले बाल विकाश शिक्षकहरुका मागलाई संबोधन गर्न आवस्यक रहेको आचार्यले बताए ।