यासोक । पाँचथरको दक्षिणी कुम्माय गाउँपालिकालाई एक कार्यक्रका बीच ‘पूर्ण विद्यार्थी भर्ना घोषणा गरिएको छ । ५ बर्षदेखि १२ बर्ष सम्मका बालबालिकाहरु विद्यालयको पहुँचमा पुगेको भन्दै गाउँपालिकाले ‘पूर्ण विद्यार्थी भर्ना घोषणा गरेको हो । शिक्षाको ज्योतिबाट कुनै बालबालिका नछुटुन भन्ने उदेश्य अनुरुप गाउँपालिकाले यस अघिनै विद्यालय बाहिर रहेका सबै बालबालिकाहरुलाई विद्यालय भर्ना गरेको थियो । विद्यालय बाहिर कुनै पनि बालबालिकाहरु नरहेको भन्दै ‘पूर्ण विद्यार्थी भर्ना कार्यक्रमको घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।
कुम्मायक गाउँपालिकामा आधारभूत र मावि गरि ३८ वटा विद्यालयहरु रहेको छन । जहाँ कक्षा १ देखि १० सम्मका कुल २ हजार ९ सय ६४ जना विद्यार्थीहरु विद्यालयको पहुँचमा पुगेको कार्यलयको तथ्याङकमा उल्लेख गरिएको छ । आर्थिक रुपले बिपन्न सबै बालबालिकाहरु विद्यालयको पहुँचमा पुर्याएपछि विद्यालय भर्ना कार्यक्रमको घोषणा गरेको कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । उनले बिपन्न समुदायका बालबालिकालाई निशुल्क विद्यालय भर्ना गरेका समाजसेबीहरुलाई समेत गाउँपालिकाले सम्मान गरेको बताए ।
त्यस्तै जिल्लाको तुम्बेवा गाउँपालिकाले पनि एक कार्यक्रमको आयोजना गरि ‘पूर्ण विद्यार्थी भर्ना कार्यक्रम घोषणा गरेको छ । गाउँपालिकाको ५ वटा वडाका ५ देखि १२ बर्ष उमेर समुहका सबै बालबालिकाहरु विद्यालय भर्ना भएकाले ‘पुर्ण विद्यार्थी भर्ना कार्यक्रमको घोषणा गरेको गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताए । तुम्बेवा गाउँपालिकामा आधारभूत र माबि गरि ४० वटा विद्यालयहरु रहेका छन् । गाउँपालिकामा कुनै पनि बालबालिकाहरु विद्यालय बाहिर नभएको भन्दै गाउँपालिकाले बिधिवत रुपमा पूर्ण विद्यार्थी भर्ना घोषणा कार्यक्रम सम्पन्न गरेको उनले बताए ।