मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकामा रहेको लेखनाथ पुस्तकालय तथा वाचनालयको आयोजनामा ११ औं पुस्तकालय दिवसको अवसर पारेर आधारभूत र मा.वि. स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

चित्रकला प्रतियोगितामा मिक्लाजुङ गाउँपालिकाका सामुदायिक र संस्थागत गरी एक दर्जन बढी विद्यालयका ३२ जना छात्र/छात्राहरुको सहभागिता रहेको थियो । कर्यक्रममा आधारभूत छात्रातर्फ श्री मदर मधुमल्ला अंगेजी मा.वि. प्रथम, गरिमा राई रिलायन्स मा.वि. द्वितीय र नम्रता राई भगवती मा.वि. तृतीय घोषित भए । छात्र तर्फ प्रज्वल खड्का  क्लासिकल मा.वि. प्रथम, रुद्र वि.क.मदर मधुमल्ला मा.वि. द्वितीय र सबिन थापा रिलायन्स मा.वि. तृतीय घोषित भए । मा.वि. छात्रातर्फ  जलजला राई भगवती मा.वि. सोनिका लिम्बू कालिका मा.वि द्वितीय र निर्मल सिद्धार्थ मा.वि. युनिका मगर तृतीय स्थान हाँसिल गरे । छात्रतर्फ सागर मगर र आकाशदीप श्रेष्ठ  रिलायन्स मा.वि. प्रथम/ द्वितीय र मञ्जिल श्रेष्ठ निर्मल सिद्धार्थले तृतीय स्थान हाँसिल गरे ।

कार्यक्रमका प्रमुख अतिथि मिक्लाजुङ गाउँपालिकाका प्रमुख देवी प्रसाद आचार्यले पुस्तकालय हामी सबैको साझा सम्पत्ती भएकाले पुस्तकालयको संरक्षण सम्बर्धन र समय अनुसार प्राविधिक रुपमा समेत अगाडि बढाउँदै लान गाउँपालिका लागी पर्ने बताए । कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाका शिक्षा शाखा प्रमुख काशिनाथ खनाल, गाउँपालिका प्रमुख प्रशाशकीय अधिकृत युवराज आचार्य, गाउँपालिका सामाजिक तथा शिक्षा संयोजक तथा वडा नं. ६ का अध्यक्ष बृद्धिलाल निरौला, वडाध्यक्षहरु सुशिलराज चौहन, सोमनाथ अधिकारीको उपस्थिति रहेको थियो ।  विद्यार्थीहरुको चौतर्फी विकाश अन्तर्गत चित्रकला प्रतियोगिता राखिएको पुस्तकालयका सचिब रमेश काफ्लेले बताए । कार्यक्रम पुस्तकालयका अध्यक्ष गोविन्द बस्नेतकोे सभापतित्वमा सम्पन्न भएको थियो ।