मधुमल्ला/ मोरङको मिक्लाजुङस्थित लेखनाथ पुस्तकालय तथा वाचनालयले ११ औं पुस्तकालय दिवसमा चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । आधारभूत र माविस्तरीय गरिएको प्रतियोगितामा ३२ जना विद्यार्थीहरू सहभागी थिए ।

कार्यक्रममा आधारभूत छात्रातर्फ मदर मधुमल्ला अङ्गेजी माविकी दिया दाहाल प्रथम, गरिमा राई (रिलायन्स मावि) द्वितीय र नम्रता राई (भगवती मावि) तृतीय घोषित भए । छात्रतर्फ प्रज्वल खड्का (क्लासिकल मावि) प्रथम, रुद्र विक (मदर मधुमल्ला मावि) द्वितीय र सबिन थापा (रिलायन्स मावि) तृतीय घोषित भए । मावि छात्रातर्फ जलजला राई (भगवती मावि) प्रथम, सोनिका लिम्बू (कालिका मावि) द्वितीय र निर्मल सिद्धार्थ माविकी युनिका मगरले तृतीय स्थान हासिल गरिन् । छात्रतर्फ सागर मगर र आकाशदीप श्रेष्ठ (रिलायन्स मावि) प्रथम, द्वितीय र मञ्जिल श्रेष्ठ (निर्मल सिद्धार्थ)ले तृतीय स्थान हासिल गरे ।

कार्यक्रमका प्रमुख अतिथि मिक्लाजुङ गाउँपालिकाका प्रमुख देवीप्रसाद आचार्यले पुस्तकालय सबैको साझा सम्पत्ति भएकाले पुस्तकालयको संरक्षण सम्बद्र्धन र समयअनुसार प्राविधिक रूपमा अगाडि बढाउँदै लान गाउँपालिका लागिपर्ने बताए । कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाका शिक्षा शाखा प्रमुख काशिनाथ खनाल, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, गाउँपालिका सामाजिक तथा शिक्षा संयोजक तथा वडा नं. ६ का अध्यक्ष बुद्धिलाल निरौला, वडाध्यक्षहरू सुशीलराज चौहान, सोमनाथ अधिकारीको उपस्थिति रहेको थियो । विद्यार्थीहरूको चौतर्फी विकास अन्तर्गत चित्रकला प्रतियोगिता राखिएको पुस्तकालयका सचिव रमेश काफ्लेले बताए ।

कार्यक्रम पुस्तकालयका अध्यक्ष गोविन्द बस्नेतकोे सभापतित्वमा सम्पन्न भएको थियो ।