बिर्तामोड । द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी प्रालिले झापाको बिर्तामोडमा शैक्षिक सेमिनार गर्ने भएको छ । अस्ट्रेलिया अध्ययनका लागि जाने बिद्यार्थीहरुका लागि शैक्षिक परामर्श दिने तथा भाषा सिकाउने उदेश्यले भदौ २० गते सेमिनार गर्ने भएको हो । कन्सल्टेन्सीलेसोमवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । सेमिनारमा अस्ट्रेलियाका २ वटा युनिभर्सिटी र ८ वटा कलेजका प्रतिनिधिले बिद्यार्थीलाई त्यहाँको रहनसहन, वातावरण, जीवनस्तर, शिक्षाको अवस्थाका वारेमा जानकारी गराउने कन्सल्टेन्सीका बिर्तामोड शाखा प्रमुख खड्गबहादुर ताम्लिङ लिम्बुले जानकारी दिए । कन्सल्टेन्सीले १४ बर्षको अवधिमा धेरै बिद्यार्थीहरुलाई अस्ट्रेलिया र न्यूजिल्याण्डका विश्वबिद्यालय र कलेजमा अध्ययन गर्न परामर्श दिदै आएको बिर्तामोड प्रमुख ताम्लिङले बताए । काठमाडौंको पुतलीसडकमा केन्द्रीय कार्यालय रहेको कन्सल्टेन्सी सातौ शाखाका रुपमा बिर्तामोडमा स्थापना भएको हो । यसअघि बुटवल, पोखरा, चितवन, धरान, पर्सा र कावासोती शाखा सञ्चालनमा रहेको उनले बताए । कन्सल्टेन्सीले बिर्तामोड फास्ट ट्रयाक एजुकेशन कन्सल्टेन्सीसँगको सहकार्यमा कार्य गर्ने बिर्तामोड प्रमुख ताम्लिङले बताए ।