धनकुटा । त्रिवेणी साँस्कृतिक समुह धनकुटा–७ ले सस्थाको १५ औं स्थापना दिवश तथा ंश्रीकृष्ण जन्मष्टमीको पावन अवसर पारेर आयोजना गरेको साँस्कृतिक कार्यक्रममा धनकुटा नगर क्षेत्रका विभिन्न विद्यालयमा अध्ययनरत तथा एसइइमा उत्कृष्ठ नतिजा ल्याउने १२ जना छात्र–छात्राहरुलाई आईतवार पुरस्कार स्वरुप छात्रवृद्धि वितरण गरेको छ । सो अवसरमा २०७४ को एसइइ परिक्षामा त्रिवेणी माध्यामिक विद्यालय धनकुटा–७ बाट उत्कृष्ठ नतिजा जिपिए ३.८८ ल्याई सामुदायिक विदुयालय तर्फ धनकुटा जिल्ला प्रथम हुन सफल हेन्साङ्ग दोर्जी लामा, भाषा माध्यामि विद्यालय धनकुटा–३ बाट जिपिए ३.०५ नतिजा ल्याई विद्यालय प्रथम भै उतिर्ण हुने सृष्टिका ढुङ्गेल, गोकुण्डेश्वर माध्यामिक विद्यालय धनकुटा–६ सिरान वजारबाट जिपिए ३.५० नतिजा ल्याई उतिर्ण हुने युवराज पौडेल, गोकुण्डेश्वर बालमन्दिर माध्यामिक विद्यालय धनकुटा–५ वाट जिपिए ३.३५ नतिजा ल्याई उतिर्ण हुने सेमिहाङ्ग लिम्वुलाई छात्रवृद्धि स्वरुप जनही २ हजार नगद प्रदान गरिएको थियो । त्यसैगरी धनकुटा वहुमुखी क्याम्पसमा वि.एड. प्रथम वर्षमा अध्ययनत गंगाराम दास, त्रिवेणी माविमा कक्षा–१२ मा अध्ययनरत विनिषा गजमेर, त्रिवेणी मावि कै कक्षा–१० मा अध्ययनरत रोशन रसाईली, रोशन गुरागाँई, जेहेन्दार तथा अपाङ्ग विद्यार्थि शितल राई, कक्षा–४ मा अध्धयनरत फिलिप वि.क., कक्षा–९ मा अध्ययनरत सुस्मिता राई र भाषा मा.वि. कागतेमा कक्षामा–१ अध्ययनरत वुबाआमा नभएका आदित्य महरालाई पनि जनही २ हजारको दरले नगद पुरस्कार छात्रवृद्धि स्वरुप प्रदान गरिएको थियो । सो अवसरमा धनकुटा नगर क्षेत्रमा रहेको विश्वविद्यालय तथा विभिन्न विद्यालयमा अध्ययनरत विपन्न, गरिव तथा पठनपाठनमा जेहेन्दार १२ जना छात्र–छात्राहरुलाई प्रतिनिधिसभामा माननिय सांसद राजेन्द्र कुमार राई र प्रदेशसभा सांसद कुसुम कुमारी श्रेष्ठ (जुुली) ले नगद पुरस्कार प्रदान गरेका थिए । प्रतिनिधिसभाको सांसद राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा आयोजित साँस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकार दिपक वराईली, गायिका शशी रावल, देवेन चेम्जोङ्ग, स्थानिय कलाकारहरु जुनी खालिङ्ग, इन्द्र शुसिल चेम्जोङ्ग, ट्रिन्सक्रिउ डान्स सेन्टर धनकुटा र त्रिवेणी साँस्कृतिक समुह–७ धनकुटाका स्थानिय कलाकारहरुले वेजोड प्रश्तुती दिएका थिए । सो अवसरमा राष्ट्रिय कलाकार दिपक वराईलीले आँशु पिउने निष्ठुरीलाई, सारै राम्रो, पाउजु वज्यो छमछम, आगो झै सल्कियो लगायत बोलको आधा दर्जन भन्दा वढी गित गाएका थिए भने अर्का गायिका शशी रावलले ब्लाष्ट हुने वाला, ताली वजाई देउ, पैसा पे, चाहाना सकियो, वहाना सकियो लगायत बोलको गित गाएर दर्शकह्रुलाई तताएका थिए । त्यसैगरी धनकुटे गायक देवेन चेम्जोङ्गले पनि आमाको काख, छकोछेको देउराली डाँडा, खाइयो खाइयो २÷४ वोतल खाईयो बोलको गित गाएर दर्शकहरुलाई नचाएका थिए । त्रिवेणी साँस्कृतिक समुहका अध्यक्ष ज्ञानवहादुर आठपहरियाको अध्यक्षतमा सम्पन्न १५ औं वाािर्षक उत्सव तथा श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजित साँस्कृतिक कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंङ्गक वहादुर चौहान, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरु, विभिन्न सामाजिक संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो । सो अवसरमा कार्यक्रमको संचालन त्रिवेणी साँस्कृतिक समुहकी कोषाध्यक्ष शुखाकला राईले गरेका थिए भने कार्यक्रममा सहभागीहरुलाई संस्थाको तर्फवाट स्वागत मन्तव्य सचिव नारयण वि.क.ले राखेका थिए । कार्यक्रममा दर्शकहरुको पनि हजारौंको संख्यामा सहभागिता रहेको थियो । साँस्कृतिक कार्यक्रमवाट टिकट विक्रिबाट ९० हजार नगद समेत संकलन भएको सचिव नारयण वि.क.ले वताएका छन् ।