तेह्रथुम । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भात्री संगठन लिम्बुवान स्वायत्त प्रदेश तेह्रथुमले कर नर्तिन आग्रह गरेको छ ।

लिम्वुवान स्वायत्त प्रदेश तेह्रथुमका प्रमुख हिमालद्धारा बुधबार प्रकाशित विज्ञप्तीमा जनताको ढाड सेक्नेगरि वृद्धि गरिएको कर नतिर्न जिल्लाबासीलाई आग्रह गरेको छ । देशका दक्ष जनशक्तिले अरबको खाडीमा पसिना बगाएर पठाएको रेमिट्यान्सबाट सरकारका उच्च पदस्थहरुले सेवा सुविधा भोग गरिरहेका र अर्काे तर्फ जनप्रतिनिधिहरुले जनतासँग वृहत्तर रुपमा कर असुल गरेको विज्ञप्तीमा उल्लेख छ ।

यसरी वृहत्तर रुपमा असुल गरेको करले जनप्रतिनिधिहरुका लागि भोग विलास र सुविधा विस्तार गरिरहेका छन्, जुन जनता र देशको समृद्धिको नारा अगाडी सारेर जनताको पसिनामा ब्रम्हलुट गर्न थालेको विज्ञप्तीमा उल्लेख गरिएको छ । गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता जनताका आधारभुत अधिकार प्रति सरकार ग्रैह्र जिम्मेवार बन्दै जनताको ढाड सेक्ने गरि वृद्धि गरिएको कर तुरुन्त फिर्ता लिन पनि लिम्वुवान स्वायत्त प्रदेशका प्रमुख हिमालद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । यसरी वृद्धि गरिएको कर नदिर्न र बहिष्कार गर्न पनि विज्ञप्ती मार्फत स्वायत्त प्रदेशले आग्रह गरेको छ ।

देशको राजनितिक अवस्था अत्यन्त्रै धरासायी बन्दै गएको बेला सरकारले दुई तिहाईको घमण्ड देखाउदै फाशिष्ट र निरंकुस बन्दै गएको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ । भ्रष्टचार, महगी र दलाली करणले आकुल भईरहेका जनताका आधारभुत विषयमा समेत भारी करको दाईत्व थोपरेर जनता माथिको लुटको नयाँ थानली सरकारले सुरु गरेको विज्ञप्ती मार्फत आरोप लगाईएको छ ।