घण्टाघर/अहिले मन्टेश्वरी शिक्षा फस्टाएको मात्रै छैन अभिभावकले पनि मन्टेश्वरी शिक्षाबारे बुझ्न थालिसकेका छन् । मन्टेश्वरी शिक्षा लागि विद्यालय पनि खुल्ने क्रम बढेको छ । अहिले विद्यालयले यसको अवधारणा पनि अघि सारिसकेका छन् । तर पनि अहिले मन्टेश्वरी स्कुल खुल्ने क्रम जुन गतिमा बढेको छ, साँच्चै भन्ने हो भने मण्टेश्वरी पढाउने दक्ष शिक्षकको धेरै अभाव छ । त्यसअनुसार दक्ष शिक्षक  पर्याप्त छैनन् ।  विभिन्न ट्रेनिङ सेन्टरका शिक्षिकाहरूले तुरून्तै काम पाउनुभएको छ तर पनि अझै डिमाण्ड बढ्दो छ । अहिले मन्टेश्वरी शिक्षाका बारेमा सकारात्मक धारणा छ नेपाली समाजमा । विगतमा सुस्त मनस्थितिका विद्यार्थी पढाइने भन्ने भ्रम थियो । मन्टेश्वरीका बारेमा कुरा बुझाउनै गाह्रो थियो तर अहिले त्यस्तो अवस्था छैन । आफ्ना छोराछोरीलाई मन्टेश्वरीमै भर्ना गर्न आतुर अभिभावकहरूबाट पनि यो कुरा बुझ्न सकिन्छ ।

विभिन्न सामग्रीहरूको प्रयोगबाट कसरी बालबालिकालाई सिकाउने भन्ने कुरा जान्ने दक्ष शिक्षक हुनुपर्छ । बालबालिकाले कुनै पनि किसिमको दबाब महसुस नगरी स्वतन्त्रतापूर्वक आफ्नै अनुभवबाट शिक्षा ग्रहण गर्ने किसिमको वातावरण तय गरिदिनुपर्छ । तर पनि यस्ता शिक्षक पाउन अझै गाह्रो छ । धरानको मात्रै कुरा गर्ने हो भने दक्ष शिक्षकको अभाव अझै कायमै छ ।  यही अभावलाई कायम गर्न धरानमा मन्टेश्वरी ट्रेनिङ सेन्टर खुलेको छ । धरानमा साकेला टेक्निकल एकेडेमी नाम दिएर ट्रेनिङ सेन्टर खुलेको चिफ एक्जुकेटिभ अफिसर शालिकसताशक राईले जानकारी दिए । ‘विशेषतः हामीले मन्टेश्वरी शिक्षक अभावलाई पूर्ति गर्न खोजेका हौं’, उनले भने, ‘हामीले दक्ष शिक्षकमा जोड दिएका छौं, अभाव पूर्ति पनि गर्ने हुन्छ भन्ने सोंचेका छौं ।’ मन्टेश्वरीका विभिन्न कोर्ष (जुनियर, प्राइमरी, एडभान्स कोर्ष) भित्र्याएको उनले जानकारी दिए ।

धरानमा कार्यालय राखेर सञ्चालनमा ल्याएको यस्तो टे«निङ सेन्टरमा काठमाडौं र इटहरीका दक्ष ट्रेनरहरू रहने उनको भनाइ छ । मन्टेश्वरी कक्षामा कसरी दक्षतापूर्ण प्रस्तुति दिने, गीत–सङ्गीतको माध्यमबाट कसरी बालबालिकाहरू पूर्ण साथै प्रतिभावान बनाउने आदि विषयबारे अध्ययनमा समेटिने उनको भनाइ छ । केही दिनभित्रै साकेलाको उद्घाटन हुने उनले जानकारी दिए । असोजको पहिलो साताभित्र कार्यालयमा यस्तो प्रकारको अध्ययन अध्यापन थालिने उनले जानकारी दिए ।