धनकुटा । राष्ट्रिय बालदिवश–०७५ को पावन अवसरमा बिहिबार सम्पन्न धनकुटा नगरपालिका स्तरिय अन्तर मावि खुल्ला कविता प्रतियोगितामा धनकुटा नगरपालिका वडा नं.६ मा रहेको दिप सेकेण्डरी वोडिङ्ग स्कुलका छात्रा आरती लिङ्गखा प्रथम भएकी छिन् ।
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको प्रमुख आतिथ्यमा सम्पन्न धनकुटा नगरपालिका स्तरिय अन्तर मा.वि.कविता प्रतियोगितामा धनकुटा–६ मा रहेको दिप सेकेण्डरी वोर्डिङ्ग स्कुलकी छात्रा आरती लिंखा “समयका कुरा” नामको कविता वाचन गरेर प्रथम भएकी छन् । प्रथम भएसंगै आरतीले ५ हजार नगद र प्रमाणपत्र पनि हात पारेकी छन् । नगर क्षेत्रमा रहेका विभिन्न विद्यालयमा अध्ययनरत ५९ जना छात्र–छात्राले भाग लिएको उक्त कविता प्रतियोगितामा धनकुटा–७ कि त्रिवेणी माध्यामिक विद्यालयका युनिषा सुब्बा द्धितिय भएकी छिन् । उनले ३ हजार नगद सहित प्रमाणपत्र हात पारेकी छिन् । त्यसैगरी गोकुण्डेश्वर बाल मन्दिर माध्यामिक बिद्यालय धनकुटा–५ की चिनु काफ्ले तृतिय भएकी छन् । उनले २ हजार नगद सहित प्रमाणपत्र पाएकी छन् । सो प्रतियोगितामा धनकुटा–६ बालसंसार माध्यामिक विद्यालयका मिलन विशंखे र धनकुटा–५ कै गोकुण्डेश्वर बाल मन्दिर माध्यामिक विद्यालयकी निकी राईले सान्तवन्न पुरस्कार नगद ५÷५ सय र प्रमाण पत्र पाएका छन् । सो अवसरमा बाेल्दै कविता प्रतियोगिताका प्रमुख अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले विद्यालय स्तरमा अध्ययनरत भाई–बहिनीहरुको सृजनात्मक बिचार कविताको माध्यामवाट सुन्दा खुशी लागेको बताए । कविता प्रतियोगिता भनेको भाई–बहिनीहरुको शैक्षिक चेतनाको वृद्धि गर्ने खाल्को कार्यक्रम भएकोले जस्ले यो कार्यक्रम आयोजना गर्यो, त्यो आफैमा महत्वपुर्ण रहेको प्रमुख तामाङको भनाई थियो ।
त्यसैगरी शिक्षा विकास तथा समन्वय इकाई धनकुटाका प्रमुख रामबहादुर थापाले यस्ता खाले अतिरिक्त क्रियाकलापले बालबालिकाको नियमित पठनपाठनमा सहयोग पुर्याउने बताए । उनले साहित्य सृजनाले बालबालिकाहरुको लेखनशैली, शब्द र भावको चयनले अन्तरनिहित क्षमताको विकास गर्ने धारणा राखेका छन् । प्रतियोगितामा विजयी छात्र–छात्रालाई कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख चिन्तन तामाङ, विशेष अतिथि रामबहादुर थापाले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
नव साँस्कृतिक समुदाय धनकुटाको आयोजनामा सम्पन्न भएको कविता प्रतियोगिताको संचालन युवा साहित्यकार मुकन्द प्रयासले गरेका थिए । कविता प्रतियोगितामा निर्णयकको भुमिका सल्ल्ेरी साहित्य संगम धनकुटाका अध्यक्ष रमेशचन्द्र अधिकारी, कवि घनश्याक बराल र युवा कवी केजी सुब्बा रहेका थिए । कार्यक्रम नव कलाकार साँस्कृतिक समुदाय धनकुटाका अध्यक्ष नविनकिशोर शाकयको अध्यक्षतमा सम्पन्न भएको थियो । यसैबिच ३९ औं शिक्षा दिवश तथा ५२ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर “धन ठूलो, कि मन ठूलो” भन्ने शिर्षकमा धनकुटा नगरपालिका स्तरिय अन्तर मा.वि. बादविबाद प्रतियोगिता आयोजना गरिएको थियो । निशान बाल क्लव धनकुृटा–६ ले आयोजना गरेको “धन ठूलो कि, मन ठूलो” भन्ने शिर्षकको बादविबाद प्रतियोगितामा धनकुटा नगर क्षेत्रमा रहेका ९ वटा सामुदायिक विद्यालयका छात्र–छात्राहरुले भाग लिएका थिए ।
वादविवाद प्रतियोगितामा धनकुटा–६ मा रहेको माथिल्लो गोकुण्डेश्वर माध्यामिक विद्यालयका पवन घिमिरे प्रथम, धनपा– ७ मा रहेको तमोर भ्याली सेकेण्डरी माध्यामिक विद्यालयका प्रतिक सुवेदी द्धितिय र धनकुटा–६ कि दिप सेकेण्डरी वोर्डिङ्ग स्कुलकी छात्रा आरती लिंखा तृतिय भएकी छिन् । त्यसैगरी सो प्रतियोगितामा धनकुटा–७ त्रिवेणी माध्यामिक विद्यालयकी छात्रा अनिषा रुचालले भने सान्तवना पुरस्कार पाएकी छन् ।
विजयी छात्र–छात्राहरुले निशान बाल क्लवको तर्फबाट नगद पुरस्कार सहित प्रमाणपत्र पाएका थिए । बादविवाद प्रतियोगिता निशान बाल क्लवका अध्यक्ष रिजु निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो । विजयी छात्र–छात्रालाई कार्यक्रमका प्रमुख अतिथि धनपा–६ का वडाध्यक्ष नरेश श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । तस्विर नं.१÷कविता प्रतियोगितामा ”समयका कुरा” शिर्षकको कविता वाचन गरेर प्रथम हुन सफल धनकुटा–६ मा रहेको दिप सेकेण्डरी वोर्डिङ्ग स्कुलकी छात्रा आरती लिंखा विशेष अतिथि रामवहादुर थापा एवं नव साँस्कृतिक समुदाय धनकुटाका अध्यक्ष नविन किशोर शाक्यवाट प्रथम पुरस्कार नगद सहित प्रमाण पत्र ग्रहण गर्दै ।