धरान । धरान उपमहानगरपालिकाले संविधान दिवसलाई तिन दिन सम्म मनाउने भएको छ । उपमहानगरपालिकाले विभिन्न कार्यक्रम गर्दै संविधान दिवसलाई तिन दिन मनाउने निर्णय गरेको उपमहानगरपालिकाकी कार्यवहाक नगर प्रमुख मञ्जु भण्डारी सुबेदीले जानकारी दिइन ।
धरान उपमहानगरपालिकाले जारी गरेको सुचनामा संविधान दिवसको पुर्व सन्ध्यामा असोज २ गते धरानका मुख्य चौकहरुमा राष्ट्रिय झण्डा राख्ने र साँझ सरकारी कार्यालय,टोल तथा घरघरमा दिपावली गर्ने,संविधान दिवसकै दिन असोज ३ गते विहान प्रभातफेरी गर्ने,दिउसो संविधानको विषयमा बक्तृत्वकला प्रतियोगिता गर्ने र साझमा दिपावली गर्ने,त्यसैगरि असोज ४ गते संविधानका विषयमा विज्ञहरुसँग अन्र्तकृया गर्ने र साँझमा दिपालली गर्ने उल्लेख छ ।धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमन घिमिरेका अनुसार संविधान दिवस मनाउन कार्यवहाक नगर प्रमुख मञ्जु भण्डारी सुबेदीको संयोजकत्वमा मुल समितीपनि बनाईएको छ ।