रङ्गेली/विराटनगर महानगरपालीकाका मेयरले नगर क्षेत्रका निजी र सामुदायीक विद्यालयका विद्यार्थीहरुसँग भलाकुसारी गरेका छन् ।

विराटनगर महानगरपालीकाले विद्यार्थीहरुको अन्तरनिहित क्षमतालाई उजागर गर्न शुक्रबार विराटनगमा आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा उनीहरुले महानगरपालीकाका मेयर भिम पराजुली समक्ष आफ्ना जिज्ञासा राखेका थिए ।

कार्यक्रममा विद्यार्थिहरुले मेयर समक्ष शिक्षा,स्वस्थ्य र विकास निर्माण लगायतका विषयमा आफ्ना जिज्ञासा राखेका थिए । मेयर पराजुलीले विद्यार्थीका जिज्ञासामा भने‘एउटा कल्भट निर्माण गर्न एक वर्ष लाग्छ,हामी त अहिले विराटनगरको निर्माणको क्रममा छौ ।’

मेयर पराजुलीले विराटनगरलाई ५ वर्ष भित्रमा गर्व गर्नलायक सहर बनाउने बताए । उनले महानगरनगर भित्र पार्क, भ्युटवरलगायतका विभिन्न संरचना निर्माणको लागी प्रक्रिया सुरु भइसकेको बताएका छन् ।

विद्यार्थीको जिज्ञासामा मेयर पराजुलीले निजि विद्यालयमा विद्यार्थीहरुलाई १० प्रतिशत छात्राबृतिको व्यवस्था रहेको बताए । जुन आदिवासी,जनजाती,विपन्न र पिछडा लगायतका वर्गलाई महानगरले कुनै विभेद नगरी उपलब्ध गराउने उनले दावी गरे ।

महानगरको अगुवाइमा छात्रावृतिको लागी आवेदन फर्मनै खुलाएर छनौट गरिने भएकोले सबैलाई ढुक्क हुन आग्रह गरे । छात्रावृतिका लागी असोज १३ गते विराटनग स्थित आर्दश माविमा परिक्षा हुने उनले जानकारी दिए ।

विद्यार्थीहरुले अर्थिक मात्र नभएर कर्मचारी समय कार्यालय नपुग्नु पनि भ्रष्टचार हो की हैन भन्दै मेयरलाई प्रश्न गरेका थिए । जवाफमा मेयर पराजुलीले समयमा कार्यालय नआउने कर्मचारीको हाजीरीमा ‘रेड’ लगाउने गरेको बताए ।

उनले विद्यालयमा समयमा पठनपाठन नगराउन शिक्षकहरुकोलागी महानगरले छडके जाँच गर्ने गर्ने गरेको विद्यार्थीहरुलाई जानकारी गराए । कोशी अञ्चल अस्पताल शिक्षण अस्पताल भए पछि त्यहाँ विभिन्न सेवा विस्तार हुने भएकोले त्यसको पहलको लागी महानगर पनि लागीपरेको उनले जानकारी दिए ।

कार्यक्रममा महानगर क्षेत्रका २० वटा निजि तथा सामुदायीक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । विराटनगर महानगरपालीकाले विद्यार्थीको अन्तर निहित क्षमता विकास गराउन मेयरसँग युवा विद्यार्थी अभियान संचालन गरिरहेको छ ।

यस्तो कार्यक्रमले विद्यार्थीहरुलाई आफ्नो लागी भविष्यमा कस्तो शिक्षा उपयुक्त हुन्छ भन्ने पहिचान गर्न सहज हुने महानगरका शिक्षा महाशाखा प्रमुख रुद्र दुलालले बताए ।

विद्यार्थीहरुलाई श्याम पौडेल,विरेन्द्र साह,राजाराम साह लागायतले प्रशिक्षण दिएका थिए ।