काठमाडौँ/नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँको टीका लगाउने साइत ९ बजेर ५१ मिनेट रहेको बताएको छ ।
विजयादशमीका दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत रहेको समेत बताइएको छ ।
नवरात्रदेखि कोजाग्रत पूर्णिमासम्मको साइत निकालेको निर्णायक समितिले विभिन्न साइत सार्वजनिक गरेको छ ।
यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ ।