इनरुवा/ भारतीय बन्दुकधारीको गोली लागेर हत्या भएका सुनसरी हरिनगर–२ भुटाहाका सुर्शिद अन्सारीको परिवारलाई सरकारले १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले खुर्शिदको परिवारलाई रकम हस्तान्तरण गरे । खुर्शिदको असोज ४ गते भारतीय सार्पसुटरबाट हत्या भएको थियो ।
हत्यापछि सरकारले खुर्शिदलाई शहीद घोषणा गर्दै क्षतिपूर्तिबापत् १० लाख रुपैयाँ दिने घोषणा गरेको थियो । अन्सारीको ११ औं दिनको पूण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभामा गृहमन्त्री बादलले निज निवास पुगेर चेक हस्तान्तरण गरे ।
उनले हत्यारालाई पक्राउ गरी कानूनी दायरामा ल्याउने दाबीसमेत गरे । उनले अपराधी जुनसुकै देशमा लुके तापनि कानूनी कठघरामा उभ्याउने दावी गरे ।
श्रद्धाञ्जली सभामा कृषि राज्यमन्त्री रामकुमारी चौधरी, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायतको उपस्थिति थियो ।