रङ्गेली/प्रदेश १ को सरकार गठन भएको सात महिनाको अवधिमा खासै प्रथामिक्ता नपाएको स्थार्इ राजधानी तोक्ने विषय माथि केहिदिन यता व्यापक मन्थन सुरु भएको छ ।
विकेन्द्रिकरणको नाममा राजधानी एकातिर,प्रदेश सभा अर्कोतिर,मन्त्रालय धेरै तिर राख्ने चर्चा चले पछि विराटनगरमा पनि बहस,संवाद र छलफल सुरु भएको छ ।
विराटनगरमा उद्योग संगठन मोरङ र मोरङ व्यापारसँगले राजधानीको विषयलाई लिएर विभिन्न पक्षसँग व्यपाक छलफल गरेको छ ।
असोज १४ गते आइतबार विभिन्न पक्षसँग स्थार्इ राजधानीको सेरोफेरोमा रहेर विभिन्न पक्षसँग छलफल गरेको थियो । दुई संस्था १४ गते विहान विराटनगर विभिन्न संस्थाको भेला गरेर राजधानिलागी उपयुक्त स्थान कँहा हुने भन्ने विषयमा सुझाव लिएको थियो ।
त्यसै गरी साझमा विभन्न राजनैतिक दलका केन्द्रिय र जिल्ला नेता तथा संघिय तथा प्रदेश सांसदहरुसँग पनि स्थार्इ राजधानी तोक्ने विषयमा बहस गरेको थियो ।
उक्त छलफलमा नेपाली काग्रेसका बरिष्ठ नेता एंव केन्द्रिय सदस्य शेखर कोइरालाले काग्रेस सरकारले अस्थार्इ राजधानी विराटनगर तोकेकोले कांग्रेस स्थार्इ राजधानी पनि विराटनगर राख्ने पक्षमा रहेको बताए ।
उनले व्यक्तिगत विचार आफ्नो हुनु स्वभाविक भएको भन्दै उनले संस्थागत रुपमा कांग्रेस विराटनगरलाई राजधानी बनाउने पक्षमा रहेको जिकिर गरे ।
विराटनगरको ऐतिहसिक पृष्ठ भुमिले पनि राजधानी बनाउनु न्यायोचित हुने जिकिर गरे ।
उनले सुरक्षाको कारणले विराटनगर नहुने भन्नु गलत भएको जिकिर गरे । विराटनगर राजधानीकोलागी संरचनागत रुपमा सक्षम रहेकोले त्यसकोलागी गरिने खर्च प्रदेशको समावेसी विकासमा हुनु पर्ने जिकिर गरे ।
नेकपाका केन्द्रिय सदस्य विनोद ढकालले सांसदहरुलाई पार्टी भन्दा माथि उठेर राजधानी र नामको विषयमा बोल्न संबिधानले अधिकार दिएको बताए ।
उनले पार्टि र संसदिय दलमा पनि छलफल नभएकोले अहिले नै धेरै उछाल्न नह’ने जिकिर गरे ।
त्योसँगै उनले राजधानी विराटनगर भन्दा बाहिर जान नसक्ने पनि जिकिर गरे । राजधानी र नामाकरणको सार्वभौम अधिकार प्रदेश सभालाई भएकोले त्यस तर्फ सक्रिय हुन इंगित गरे ।
त्यस्तै मोरङबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेकपाकी सांसद यसोधा अधिकारीले विराटनगरलाई प्रदेशको राजधानी बनाउदा सन्तुलित र व्यहारीक हुने जिकिर गरिन् ।
उनले प्रदेशका सांसदहरुसँग छलफल भइरहेकोले विश्वास गर्न समेत आग्रह गरिन् । सांसदहरुले चुनावको समयमा आफ्नो क्षेत्रमा राजधानी ल्याउने भन्दै जनतालाई आश्वासन दिएकोले पनि सर्वजनिक अभिव्यक्ति फरक–फरक भएको बताइन् ।
विराटनगरलाई सुरक्षाको दृष्टिले राजधानी हुन नसक्ने भन्ने सोचार्इ नै गलत भएको संघिय समाजवादी फोरमका अध्यक्ष जयराम यादवले बताए ।
उनले प्रदेश सरकारमा रहेको पार्टीले यस विषयमा बढी जोडबल गर्नु’ पर्ने बताए । विराटनगर राजधानीकोलागी उपयुक्त भएको बताउदै उनले अन्य क्षेत्रका सांसद र जनतालाई चिड्याउने गरी प्रस्तुत हुन नहुने जिकिर गरे ।
नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले विकेन्द्रीकरणको नाममा मन्त्रालय र प्रदेश सभालाई छिन्न-भिन्न पारेर राख्नु उपयुक्त नहुने धारणा राखे ।
उनले अहिलेको अस्थाइ राजधानी विराटनगरमा प्रदेश सभा नजिकै मन्त्रालय हुँदा समेत कहिलेकाहि घण्टौ प्रदेश सभा बैठक रोकिने गरेको दृष्टान्त प्रस्तुत गरे ।
यदि प्रदेश सभा एउटा जिल्लामा मन्त्रालय अर्को जिल्लामा राखेमा प्रदेश सभा बैठक नै हुन मुस्किल हुने जिकिर गरे ।
प्रदेश सभाका सांससद कुलप्रसाद साम्बा (कुसल)ले पनि मन्त्रालय र प्रदेश सभा एकै ठाउमा हुनु पर्ने जिकिर गरे । उनले विराटनगर राजधानिकोलागी उपयुक्त भएकोले त्यसको लागी सांसदहरुसँग संवादको प्रयास जारी रहेको जिकिर गरे ।
उनले बृहत विराटनगर सैद्धान्तिक रुपमा उपयुक्त भए पनि व्यवहारीक रुपमा कार्यान्वयन हुन कठिन रहेको जिकिर गरे । उनले त्यो व्यवहारीक हुन अझै ४० वर्ष लाग्ने धारणा राखे ।
मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले आयोजना गरेको प्रदश १ को स्थार्इ राजधानी सम्बन्धि छलफलमा संघिय सांसद शिवकुमार मण्डल,अमनलाल मोदिले राजधानि विराटनगर राख्नु पर्ने पक्षमा रहेको धारणा राखेका थिए । त्यसैगरी छलफलमा पुर्व सांसद अमृत अर्याल,ऋषीकेश पोखरेल,नेकपा केन्द्रिय सदस्य गुरु बराल, महेश रेग्मी,प्रदेश सांसद लागयत मोरङबाट प्रतिनिधित्व गर्ने विभिन्न पाटी नेताहरुले आफ्नो धाराणा राखेका थिए ।
उनीहरुको मुख्य जोड विराटनमा राजधानी र प्रदेश सभा एवं मन्त्रालय एकै स्थानमा हुन पर्नेमा जोड थियो ।