इटहरी/ १-नम्बर प्रदेशको संसदमा प्रदेशको राजधानीको विषयमा बहस सुरु भएसँगै इटहरीका अगुवाहरुले इटहरी राजधानी दावी गरेका छन् ।
टहरीलाई प्रदेशको राजधानी नबनाए चुप लागेर नबस्ने चेतावनी समेत दिएका छन् । सिमा क्षेत्र असुरक्षित हुने भन्दै इटहरीबासीले इटहरीलाई नै राजधानी बनाउँनु पर्ने तर्क गरेका हुन् ।
सयुक्त भुपु शैनिक संघका प्रदेश अध्यक्ष किशोरकुमार राईले इटहरीलाई प्रदेशको राजधानी बनाउँनुको विकल्प नरहेको बताएका छन् । प्रदेश एककै प्रमुख केन्द्रलाई बाहेस गरेर अन्यन्त्र राजधानी बनाए इटहरीबासी चुप लागेर नबस्ने चेतवनी दिएका हुन् ।
सिमा क्षेत्रको एउटा कुनामा लगेर प्रदेशको राजधानी थन्काउँन नहुने भन्दै इटहरीको विकल्प नखोज्न प्रदेश सरकारलाई चेतवनी दिएका हुन् ।
इटहरीका नेकपाका युवा नेता सचिन नेपालले प्रदेशको राजधानी इटहरी भन्दा अन्य शहर उपयुक्त नहुने उनको दावी छ । सुगमता ,सडक सञ्जाल ,समावेसिता र सुरक्षाका कारण पनि इटहरी राजधानी हुनुपर्छ ।
संघियताले नयाँ ठाउँ खोज्छ त्यस कारण पनि इटहरी उदाउँदो शहर हो यही राजधानी हुनुपर्छ । इटहरी जस्तो १४ जिल्लालाई समेट्ने शहरलाई प्रदेशको राजधानी नबनाए हामी चुप लागेर बस्दैनौँ उनी भन्छन् ।
इटहरीलाई राजधानीको विषयमा उत्तरी मोरङका पत्रकार ध्रुब ढकालले इटहरीलाई राजधानी बनाउँनुको विकल्प नभएको बताए ।
मोरङको गोठगाउँमा राजधानी बनाउँन नमाने पछि इटहरीलाई नै प्रदेशको राजधानी बनाउँनु पर्ने उनको तर्क छ । सिमा क्षेत्रमा राजधानी राख्दा प्रदेश सरकार नै असुरक्षित हुने संकेत देखियो उनले भने ।
विराटनगर उपयुक्त ठाउँ नभएको भने हैन तर सिमाको कारण राजधानी उपयुक्त छैन उनी भन्छन् । तरुण दलका सुनसरी सचिव तथा युवा नेता मिलन त्रितालले तिब्र रुपमा दिनप्रतिदिन फैलदो शहर इटहरी प्रदेश नं १ को उदयमान शहर हो ।
प्रशस्त सरकारी जमिन,यथेष्ट भौतिक पुर्वाधार र सुरक्षाको हिसावले समेत अत्यन्त सुरक्षित शहर इटहरी राजधानी हुनुपर्छ । हाल
राजधानीका लागि दाबेदार शहरहरु मध्ये स्रोत साधन र सिद्धान्तका हिसावले समेत ईटहरी राजधानी बन्नका लागि पहिलो दाबेदार हो त्यस कारण इटहरी राजधानी हुनु पर्छ ।
नेपाली काग्रेसका केन्द्रिय सदस्य प्रदिप गिरीले कांग्रेसको सभामा भनेका थिए इटहरी प्रदेशको राजधानी उपयुक्त हुन्छ ।
प्रदेश एकको गाउँपालिका महासंघको भेलाले प्रदेश एकको राजधानी इटहरी उपयुक्त हुन्छ भन्ने निश्कर्ष निकालियो । त्यस्तै प्रधानमन्त्री केपी ओलीले प्रदेशको राजधानीको बिषयमा विराटनगर अस्तब्यस्त,धरान खुम्चियो इटहरी राजधानी हुनु पर्छ भन्ने तर्क राखेका थिए ।
इटहरी उपमहानगरपालिकाको कार्यपालिका बैठकमा बोलेको त्यो भिडियो अहिले भाईरल भएको छ ।
इटहरीका सांसदको चर्को लविङ सुनसरीको सिमावती क्षेत्रमा भारतिय पक्षले खुर्सिद आलमको हत्या भएसँगै प्रदेशको राजधानी सिमा क्षेत्रमा हुनु हुदैन भन्दै तर्क हुन थालेको छ ।
सत्तापक्षीय सांसद सर्वध्वज सावाँ देखि निलम बस्नेत सम्मका नेताहरुले सीमावर्ती क्षेत्रमा सांसदहरू असुरक्षित हुने भएकोले राजधानी सार्नु पर्ने तर्क गर्न थालेका छन् ।
१० कट्ठा क्षेत्रफलमा फैलिएको उद्योग वाणिज्य संघको ५ करोडको भवन सहितका संरचना प्रदेश सभालाई दिने इटहरी उद्योग वाणिज्य संघले तयारी गरेको छ ।
उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष शैलेश विष्टले प्रदेश सरकारको लागी भवन दिन तयार रहेको जनाए ।