वराहक्षेत्र/निर्माणधीन मध्य पहाडी राजमार्ग अन्तर्गतको सुनसरीको वराहक्षेत्रदेखि धनकुटाको साँगुरीगढी सडकखण्डको काम पुनः शुरु हुने भएको छ ।

वर्षाको कारणले जेठ महिना देखि रोकिएको काम एक दुई दिन भित्र फेरि थालिने पेटी ठेकेदार स्वामी नारायण आर्शीवाद ज्वाइन्ट भेन्चर कम्पनी उदयपुरका म्यानेजिङ्ग डाईरेक्टर केशर बुढाथोकीले बताँएका छन् ।

८४ करोड कूल लागत रहेको उक्त सडकको लम्बाई सुनसरीको वराहक्षेँत्र मन्दिरबाट धनकुटाको साँघुरीगढी गाउँपालिका सम्म साढे १७ किलोमीटर रहेको डाईरेक्टर केशर बुढाथोकीले बतँए ।

दुई लेनको ९ मीटर चौडाई रहेको सडकको,वराहक्षेत्र मन्दिर बाहुनी खोलादेखि देखि कोकाह खोला पारी साूँघुरीगढी गाउँपालिकाको आहाले सम्म करिव डेढ किलोमीटरको टूयाक खोल्ने , ठाउ ठाउूमा जाली लगाउूने र कल्भर्ट निर्माण गरिएको बुढाथोकीले बताए ।

२०७५ साल बैशाखमा नेपाल सरकार र काठमाडाैँको शर्मा एन्ड कम्पनीले बीच भएको सम्झौता अनुसार पक्की नभएर ग्राभेलीङ्ग मात्र गरिने सडक निर्माणको सम्पन्न हुने मिति ३० महिना को रहेको उनले बताए ।

मध्य पहाडी राजमार्ग लँई पुष्पलाल लोकमार्ग पनि भनिन्छ । निर्माणधिन यो राजमार्ग पूर्व पश्चिम जोड्ने महेन्द्र राजमार्ग र हुलाकी राजमार्ग पछिको तेश्रो राजमार्ग हो ।

निर्माण सम्पन्न भएपछि यसको कुल लम्बाई १ हजार ७ सय ७६ किलोमीटर हुनेछ । यो लोकमार्ग पाँचथरको चियोझन्ज्याङ्गबाट शुरु भएर सुदुर पश्चिम बैतडीको झुलाघाटमा गएर टुङ्गिछ ।