धरान / देशभरका विभिन्न २५ स्थानमा स्थानीय तहदेखि प्रदेशसभा र प्रतिनीधिसभामाको ५६ पद खाली रहेको का निर्वाचन आयोगले जनाएको छ । यि सबै स्थानमा उपनिर्वाचन गर्नुपर्ने उल्लेख गरेको छ । प्रदेश सभा सदस्यदेखि वडा सदस्यसम्मको उपनिर्वाचन गर्नुपर्ने अवस्था रहेको आयोगले जनाएको छ । तर सरकारले उपनिर्वाचन गर्न निर्देशन नगरि आयोगले कुन्े काम गर्न नमिल्ने नियममा रहेको छ ।

धरान उपमहानगरका मेयर तारा सुब्वाको मृत्यु पछि मेयर पद खाली छ । उपमेयर मञ्जु भण्डारीले कार्यवहाक मेयर संचालन गर्दै आएको उपमहानगरले जनाएको छ । निर्वाचन आयोगका उपसचिव सूर्यप्रसाद अर्यालका अनुसार भक्तपुरको एउटा प्रदेश सभामा पनि रिक्त रहेको छ । यस्तै संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष खड्गप्रसाद कट्वालको पनि केही महिना अघि दुर्घटनामा मृत्यु भए पछि उमप्रमुखले कार्यभार चलाउदै आएको अवस्था छ । आयोगका अनुसार स्थानीय तहका १७ वटा वडाका अध्यक्षको पनि उपनिर्वाचन गर्नुपर्नेछ । धरान उपमहानगरको ७ नं. वडा अध्यक्षसमेतको मृत्यु भए पछि खाली छ । केही स्थानीय तहका सदस्य र जिल्ला समन्वय समितिका सदस्यहरूको पद पनि रिक्त छन् । तर, वडाध्यक्ष, सदस्य र जिसस पदाधिकारीको उपनिर्वाचनबारे कानुन अस्पष्ट हुँदा आयोगलाई समस्या भएको छ । रिक्त भएको स्थानमा पदपूर्ति नहुदा स्थानीय तह संचालनमा समेत समस्या हुदै आएको छ । सरकारले निर्वाचनका लागि कुनै प्रक्रिया थालेको छैन् । रिक्त भएको पदमा कार्यवहाक भएर उपप्रमुखले गर्नु पर्दा दैनिक काममा समस्या हुदै आएको स्थानीय तहका जनप्रतिनीधिहरुले गुनासो गर्दै आएका छन् । मकालु गाउँपालिका ६ महिनादेखि प्रमुखविहीन छ । यस्तै गत साउनदेखि धरान उपमहानगरपालिका पनि प्रमुखविहीन भएको छ । प्रमुख नह्दा आर्थिक बर्षमा तय गरेका योजनाहरु प्रभावित भएको स्थानीयले गुनासो गर्दै आएका छन् । निर्वाचन प्रक्रिया उपनिर्वाचनको संविधानमा नै व्यवस्था भए पनि नियमावली भने बनेको छैन् । उपािनवर्माचनका लागि सम्बन्धित स्थानीय तहले पद रिक्त भएको जानकारी प्रदेश सरकारलाई पठाउनु पर्दछ । प्रदेश सरकारले संघीय सरकारलाई जानकारी गराउछ । संघीय सरकारले सबै प्रदेशको रिक्त पदको संकलन गरि निर्वाचन आयोगलाई जानकारी गराई तयारी अवस्थामा बस्न लगाई मिति तोकेरउपनिर्वाचन गर्न निर्देशन दिन सक्ने छ । तर सबै स्थानीय, प्रदेश सरकारले जानकारी गराए पनि संघीय सरकारले उपनिर्वाचनका लागि कुनै चासो दिएको छैन् ।