काठमाडौँ /  एशियाली विकास बैंकले पूर्वपश्चिम राजमार्गको सुधारका लागि करीब २० अर्ब ७० करोड ऋण उपलब्ध गराउने भएको छ ।  बैंक सञ्चालक समितिको मनिलामा सम्पन्न आजको बैठकले उक्त बाटो मर्मतसम्भारका लागि सो रकम नेपाल सरकारलाई ऋण स्वरुप प्रदान गर्ने निर्णय गरेको हो । नेपालको आन्तरिक तथा बाह्य व्यापारको प्रमुख मार्गका रुपमा रहेको उक्त बाटो सुधारपछि नेपालको यातायात पद्धति सुदृढ हुनाका साथै राष्ट्रिय तथा क्षेत्रीय सम्पर्क विस्तारमा योगदान पुग्ने विश्वास उक्त बैंकले व्यक्त गरेको छ । बैंकको प्रधान कार्यालयले आज एक वक्तव्य जारी गरेर उक्त बाटोको स्तरोन्नतिपछि नेपालको व्यापार प्रवद्र्धनमा टेवा पुग्ने र सडक सुरक्षामा पनि सुधार आउने अपेक्षा गरेको छ । मेचीदेखि महाकालीसम्म किरव एक हजार किमी दुरी रहेकाे  राजमार्गलाई सरकारले ६ लेनकाे बनाउने तयारी गरेकाे छ । याे सडक राजा महेन्द्रकाे पालामा त्यसबेलाकाे सवारी चापलाई मध्य नजर गरेर २ लेनकाे बनाईएकाे थियाे ।

मुख्य सडकको मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको छ । राजमार्गका विभिन्न स्थानमा भएको खाल्डाखुल्डी नपुरिँदा सवारी साधन सञ्चालन गर्न असहज भइरहेकोले दुर्घटनाको जोखिम बढेको चालकहरु बताउँछन् ।