इटहरी/ भारतीय ‘सार्पसुटर’ बाट सुनसरी हरिनगर–२ भुटाहाका खुर्सिद अन्सारीको हत्यापछि सुनसरीको सीमावर्ती क्षेत्रमा उच्च सुरक्षा सर्तकता अपनाइएको छ ।

सीमा क्षेत्रमा हुनसक्ने सम्भावित घटनालाई लिएर प्रहरीले उच्च सुरक्षा सर्तकता अपनाएको हो ।

खुर्सिदको हत्या भएकाले नयाँ सुरक्षा रणनीति अघि सारिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

सीमामा भने सशस्त्र प्रहरीको क्याम्प छ । सुनसरीमा खुल्ला सिमाना धेरै भएको कारण पनि सुरक्षा थ्रेट बढेको प्रहरी नै बताउँछ ।

कोशी गाउँपालिकाको अध्यक्ष अयुव अन्सारीले जथाभाबी भारतीय नेपाल प्रवेश गरेको कारण सीमा क्षेत्रमा असुरक्षा बढेको बताए ।

खुर्सिद हत्यापछि सुनसरीको सिमावर्ती क्षेत्रमा सुरक्षा कडा बनाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए ।

अहिले सिमा क्षेत्रमा ढाट राखेर सिमा वारपार गर्नेलाई केरकार गर्न थालिएको उनी बताउँछन् ।

सीमा क्षेत्र वरपर सुरक्षा व्यवस्था कडाइ गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिएको प्रजिअ उप्रेतीले बताए । उनले चाडै आवतजावत गर्नेहरूको कम्युटरमा फोटोसहितको तथ्याङ्क राख्ने तयारीमा छौ ।

यसअघि नै सुनसरीको सिमावर्ती क्षेत्रमा मादक पदार्थ किनबेच निषेध गरिसकेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी राजन अधिकारीले सीमा क्षेत्रमा पहिलाको भन्दा थप जनशक्ति परिचालन गरिने बताए ।

उनले सीमा क्षेत्रमा १८ वटा प्रहरी युनिट अधिकांस अस्थायी छन् ।

सिमा क्षेत्रमा पिकेट, मोवाईल गस्ती, गस्ती, पैदल गस्ती २४ सैँ घन्टा परिचालन गरी सिसि क्यामेराबाट निगरानी गरिने भएको हो ।

सुनसरी सीमावर्ती क्षेत्रमा ६६ किलोमिटर छ ।

सुनसरीको दक्षिणवर्ती क्षेत्रको सुरक्षालाई थप मजबुद बनाउन प्रहरीको संख्या कम भएको एसपी अधिकारी बताउँछन् ।

दक्षिणवर्ती क्षेत्रमा हरिनगर, देवानगंञ्ज, भोक्राह र कोशी गाँउपालिका भारतको सिमासँग जोडिएको नेपाली भुभाग हो ।

सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीका डिएसपी किरण बस्नेतले सिमा क्षेत्रमा खुर्सिद हत्या तथा चाडपर्वलाई लक्षित गरी कडाई गरीएको जनाए ।

सिमा क्षेत्र घुस्कीमा चेक पोईन्ट स्थापना गरेर, अमरढुवा,घुस्की,बसन्तपुर,लौकी,हरिपुर,श्रीपुर कप्तानगञ्ज र साहेबगञ्जमा हेल्प डेक्स स्थापना गरेको बताए ।

पारीपटि भारतीय एसएसवी र वारी हामी बसेका छौ, दुबैलाई सुरक्षा चुनौती भएका सुरक्षा दुबै पटिको कडा छ डिएसपी बस्नेतले भने ।

सिमा क्षेत्रमा शशस्त्रको ९ वटा सुरक्षा चेकजाँच गर्ने ठाउँ छ ।