धरान / सत्तारुढ दलकै विद्यार्थी नेताहरुबाट आइजीपी सर्वेन्द्र खनालको राजीनामा मागेका छन् । प्रधानमन्त्री ओली राष्ट्र संघको महासभामा भाग लिन जानुअघि नै प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डवीच गृहमन्त्री फेर्नेबारे छलफल भएको हल््रल्ला चल्न थालेको छ । पछिल्लो समय मन्त्री बादलको काम गराइसँग प्रधानमन्त्री असन्तुष्ट रहँदै आएको श्रोतले बताएका छ ।  आइजीपी खनालको काम गराईको शैलीको विषयमा पनि प्रधानमन्त्री ओली सन्तुष्ट नभएको बताइएको छ । भक्तपुरको फेक इन्काउन्टरदेखि निर्मला पन्तका हत्यारालाई पक्रन नसकिएको घटनासम्म आईपुग्दा सरकार निकै आलोचित भएको छ ।

केपी ओली नेतृत्वको सरकारले देशमा शान्ति सुरक्षा कायम गर्न नसकेको, हत्या हिंसाका घट्ना बढेको भन्दै कडा आलोचना भईरहेको छ । प्रहरी प्रशासनले प्रभावकारी काम गर्न सकेको छैन् । प्रहरी प्रशासनलाई नेतृत्व गर्ने गृहमन्त्री पनि आलोचित छन् । गृहप्रशासनले काम गर्न नसक्दा त्यसका अपजस प्रधानमन्त्री केपी ओलीमा जान्छ । निर्मला हत्याकण्डाको दोषी प्रहरी प्रहरी देखिएको छ । सबै प्रमाण नष्ट गरेर हत्यारा उम्काउन खोज्ने प्रहरीको कामले बहमतको नेकपाको सरकार पनि आलोचित भएको छ । समान्य कुरामा सरकार आलोचित भएर बस्नु किमार्थ राम्रो होइन । सरकारले दोषीलाई कारवाही गर्नु पर्दछ । प्रहरी प्रशासनलाई प्रभावकारीरुपमा परिचालन गर्न नेतृत्व पनि फेर्न सक्छ ।

रुक्माङगद कटवाल प्रकरणमा बादल रक्षामन्त्री थिए । सेनासँग उनले राम्रो सम्बन्ध बनाउन सकेनन् र असफल रक्षामन्त्री ठहरिए । अहिले पनि निर्मला हत्याकण्डाले उनलाई असफल गृहमन्त्रि नाम दर्ज हुन लागेको छ । मुलुकमा शान्तिसुरक्षा कायम गर्न नसकेको, सुन तस्करहरु पनि छुट्न थालेको, ठेकेदारमाथि कारवाही नभएको र यातायातको सिन्डिकेट पुन जागेको भन्दै सडकबाटै गृहमन्त्रीको राजीनामा त्यो पनि आफ्नै पार्टीका भातृसंगठनले मागेको अवस्था छ । अव गृहमन्त्रि तथा प्रहरी प्रशासनले गम्भीर भएर साेचेनन् भने परिस्थित अर्कै नअाउला भन्न सकिदैन् ।