इटहरी /  कुनै समय व्यक्तिगत तथा पारिवारिक सूचना आदानप्रदान गर्न प्रमुख साधन बनेको नेपाली हुलाक सेवाको अस्तित्व अहिले संकटमा छ । केन्द्रदेखि गाउँ स्तरसम्म संरचना विस्तार गरेर वि.स १९३५ देखि सेवा दिँदै आएको हुलाक सेवा मोवाइल र इमेल इन्टरनेटको विकास भएपछि संकटमा पर्ने थालेको हो ।  हुलाकमा सरकारी कार्यलयका चिठ्ठीपत्र र सामान पठाउनु बाहेक अरु केही काम हुन सकेको छैन । अहिले चिठ्ठीपत्र आदानप्रदानको काम मोवाइल र इमेल इन्टरनेटको पहँुचले हुलाक ओझेलमा परेको सर्वसाधरण बताउँछन । ग्रिण्डल्याण्ड कजेल विराटनगरबाट प्लस टु सकेर इन्जिनियर पढ्ने तयारीमा बसेका रामविनोद घिमिरेले हुलाकलाई समय सापेक्ष अपडेट गदै जानु पर्ने बताउँछन । उनी भन्छन् –‘हुलाकको काम सरकारी पैसा सक्ने माध्यम मात्र भयो । यसलाई ससधार गर्नु पर्छ ।’ इलाका हुलाक कार्यलय इटहरीका निमित्त प्रमुख उर्मिला वाग्ले पोखरेलले अहिले हुलाकमा टिकटको बिक्रि धेरै भए पनि चिठ्ठीपत्र भने दिनानुदिन कम हुदै गएको बताईन । एक महिनामा करिब अडाईलाख सम्मको टिकट विक्रि हुने गरेको उनको भनाई थियो । सामाग्रीहरु कम्तिमा महिनाको १५ वटा हुलाकबाट आउँने गरेको उनको भनाई थियो । हुलाक कार्यलयमा पहिलाका जस्तो भिडभाड नहुने भन्दै कार्यलय प्राय सुनसान हुने गरेको उनी बताउँछिन ।

हाई काट्दै हुलाकका कर्मचारी

हुलाकका कर्मचारीहरु अहिले काम बिहिन जस्तै भएका छन । हुलाक कार्यलय अहिले टिकट बेच्ने काउण्टर बनेको छ । अधिकांस कर्मचारीहरु कार्यलय समयमा कम्प्युटर तथा मोवाईलमा खेल खेलेर दिन विताउने गरेका छन । एक कर्मचारीले नाम नबताउँने सर्तमा भने–‘खै कामै छैन के गदै दिन विताउँनु त ।’  विद्युतीय साधनको बढ्दो प्रयोगका कारण सुचना तथा जानकारी आदानप्रदान गर्ने माध्यमका रुपमा रहेको चिठी पत्रको आदानप्रदान घट्दै गएको छ । फोन, इमेल, इन्टरनेटको बढ्दो प्रयोगका कारण चिठीपत्र आदानप्रदानको लागि स्थापित हुलाकको महत्वसमेत घट्दै गएको छ । गाउँमा हुँदा चिठीपत्र मार्फत् टाढा रहेकासँग सम्पर्क गर्ने टेलिफोन र इन्टरनेटबाट कुरा गर्छन ।

घट्दै छ चिठ्ठीपत्रको महत्व

कुनै बेला चिठीको धेरै महत्व थियो । चिठीको महत्वलाई लिएर धेरै गीत रचिएका थिए । ती अझै पनि छँदै छन् । कथा, नाटक र उपन्यासहरूमा वर्णित कुराहरूलाई यथार्थ र जीवन्त बनाउन कथाकार, नाटककार र उपन्यासकारहरूले काल्पनिक नमुना चिठीहरूको वर्णन र प्रयोग गर्थे । आज त्यसको ठाउँमा अनलाइट च्याट, भाइबर र भिडियो कलको प्रयोग गरिदै आएको छ । चिठीपत्रको जमानामा, एकजनाले अरु कसैलाई लेखेको चिठी तेस्रो व्यक्तिले पढ्नु ठूलो अपराध मानिन्थ्यो । अहिलेका बस, ट्रकहरूमा अनेक साहित्यिक टुक्राटाक्री लेखिएजस्तै, चिठीको बाहिरपट्टि ‘लैजा चरी हावा सरि पत्रको जवाफ आउने गरी, जसको पत्र उसको हात अरुले खोले महापाप, जसको पत्र उसको हात हुलाक सेवा धन्यवाद, जस्ता शब्दहरुले भरिए पनि प्रेमीकाहरु चिठ्ठीपत्र भन्दा बाहिर रहेको इटहरीका युवा मिलन त्रिताल भन्छन् ।