साउदी अरबका पत्रकार जमाल खाशोज्जी साउदीको शाही शासनका विरुद्धमा डटेर आलोचन गर्दथे । अरबीबाट उनको लेख र रिपोर्टको अनुवाद वाशिङ्टन पोस्टमा प्रकाशित हुन्थ्यो । उनी दुई अक्टुबरमा इस्तान्बुलस्थित साउदीको वाणिज्य दूतावासमा दिउँसो डेढ बजे गएका थिए । त्यसपछि उनी हालसम्म देखिएका छैनन् ।
साउदीमा लोकतन्त्र छैन त्यसैले प्रेसको स्वतन्त्रता पनि छैन । जमाल साउदीमा बस्दैनथे त्यसैले उनी शाही शासनको आलोचन गर्थे । भनिन्छ साउदी यस्ता पत्रकारसँग सतर्क रहन्छ, जसले स्वतन्त्र प्रेस र लोकतन्त्रको आवाज उठाउँछ ।
मध्य–पूर्व मामिलाका जानकार कमर आगाका अनुसार राजा सलमानलाई पदच्युतको डरले सताइरहन्छ । यसैले उनी मजबुत सेना र स्वतन्त्र प्रेससँग सदैव वसावधानत रहन्छन् । आगा भन्छन् ‘साउदीको सेना यसैले पनि कमजोर छ किनकि राजपरिवारको मनमा डर छ, कि सेनाले मुलुकको बागडोर आफ्नो हातमा नलिओस् ।’
साउदीको गतिविधि साउदीले बहराइन र संयुक्त अरब इमिरेट्ससँग मिलेर कतारका विरुद्ध नाकाबन्दी गरेपछि साउदीका क्राउन प्रिन्स मोहम्मद सलमानले यसको अन्त्यको पहिलो सर्त अल–जजिरा बन्द गरिनुपर्ने राखे । अल–जजिरा कतारको मिडिया घराना हो र साउदीलाई यहाँको पत्रकारिता जँचेको छैन ।
गत हप्तामात्रै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले साउदीका राजा अमेरिकी सेनाको सहयोगबिना दुई हप्ता पनि टिक्न नसक्ने भनेका थिए । ट्रम्पले साउदीलाई आफ्नो सुरक्षाका लागि अरु मूल्य चुकाउनु पर्ने समेत अभिव्यक्ति दिएका थिए ।
ट्रम्पको टिप्पणीलाई विश्वभरका मिडियाले साउदीको अपमानका रुपमा प्रस्तुत गरेका थिए । इरानका विदेश मन्त्री मोहम्मद जावेद जरीफले ट्रम्पले साउदीको लगातार अपमान गरिरहेकाले उनले आफ्ना छिमेकीको साथ सहयोगको बारेमा सोच्नु पर्ने बताएका थिए ।
यसैबीच कयौं प्रश्नहरू पनि उठेका थिए– के साउदी अरबको शाही परिवार त्रासको छायाँमा छ ? साउदीको गणना विश्वका धनी देशमा हुने गरेको छ । तर के साउदीले आफ्नो सुरक्षा आफैं गर्न सक्दैन ? त्यो डर के हो जसले साउदीलाई चिन्तित बनाएको छ ?
अन्तर्राष्ट्रिय विश्लेषकको मतअनुसार विगत दुई वर्षमा साउदीले केही यस्ता निर्णयहरु गरेको छ जसका कारण साउदी समस्याबाट निस्कनुको सट्टा फँस्दै गइरहेको छ । सन् २०१६ मा विख्यात शिया धर्म गुरु निम्र अल–निम्रसमेत ४७ व्यक्तिलाई साउदीले फाँसी दिएको थियो ।
यमनसँग युद्धविराम समाप्त ग¥यो । इरानसँग राजकीय सम्बन्ध समाप्त गर्यो । र, सन् २०१७ मा कतारविरुद्ध नाकाबन्दी गरिदियो । यो निर्णयले साउदीलाई के फाइदा भयो ?
साउदीले ‘गरिब’ र सानो देश यमनसँग अहिलेसम्म विजय प्राप्त गर्न सकेको छैन । यो नाकाबन्दीले कतार क्षतविक्षत भएन । र, इरानसँग साउदीले थप दुश्मनी बढायो । भनिन्छ, साउदीले त्रासका कारण निर्णय लिन्छ । तर, पछि तिनै निर्णय उसैमाथि भारि हुन्छ ।
साउदी अरबको मुख्य समस्या के हो ?
प्रसिद्ध पत्रकार र सम्पादक जेनिफर विलियम्सका अनुसार साउदी अरब बाहिरी खतरा र आफ्नो कमजोरीसँगै आफूद्वारा शासित अन्तर्विरोधमा जकडिएको छ । साउदीलाई जति डर बाहिरियाबाट छ, उति नै भित्रबाट पनि छ ।
सन् १९३२ मा औपचारिक रूपमा ‘किङडम अफ साउदी’ निर्माण भएपछि केही गम्भीर चुनौतीको सामनासमेत गर्नुप¥यो । यो चुनौतीहरू बाहिरी र भित्री दुवै हो ।
साउदी इराक र इरानसँग सदैव आक्रामक तरिकाले प्रस्तुत भएको छ । साउदीको आक्रमकता आफ्नै सबै छिमेकीसँग रहँदै आएको छ । सन् १९९७ को नोभेम्बर महिनामा हतियारधारी इस्लामिक चरमपन्थीको एउटा समूहले मक्कास्थित अल–हराम मस्जिद कब्जा गरेको थियो । र, हाउस अफ साउद ढाल्ने घोषणा गरेको थियो ।
यो घटनाले साउदीको प्रतिष्ठामा निकै चोट पुगेको थियो । यद्यपि साउदीको शासन चलिरहेकै छ । सन् २००० को दशकको मध्यमा अल–कायदाको चरमपन्थ बलियो भयो त्यतिबेला पनि साउदीको शासन सकुशल रह्यो ।
अरबमा लोकतन्त्रको विषयलाई लिएर कयौं देशका नागरिक सडकमा आएका थिए । त्यतिबेलामा पनि साउदी किङडमलाई कुनै असर परेन । यी सबै घटनालाई साउदीको डरसँग जोडिन्छ । कमर आगा भन्छन्– शाही परिवारमा असुरक्षाको भावना प्रबल छ ।
साउदी शासनमा डरको जड के हो ?
अन्य देशको तुलनामा साउदीका युवा आधुनिक छन् । अहिलेको साउदी अरब त्यतिबेला एकीकृत भएको थिएन । साउदीको नेतृत्वमा असुरक्षाको भावनालाई बुझ्नका लागि केही तथ्य जान्न आवश्यक छ । इतिहासकार एलेक्सी वासिलिवले ‘वक्स’ लाई दिएको एउटा अन्तर्वार्तामा यसको व्याख्या गरेका छन् । यो व्याख्या सातौं शताब्दीमा इस्लामको जन्मदेखि अठारौं शताब्दीसम्म पुग्छ ।
उनले भनेका छन्– यहाँ सबै अरबीसँग सत्ता थिएन । यो प्रायद्वीपमा शान्ति र स्थिरता थिएन । वर्षौँदेखि अरबका मान्छे बाँडिएका थिए । धेरैजसो अत्यन्तै सानो राज्यमा बाँडिएका थिए । यी सबै सुकुम्बासी थिए र यिनको आआफ्नै गुटथियो ।
अरबमा सुकुम्बासीहरुका बीच एकीकृत राज्यको परिकल्पना भएकै थिएन । जब साउदीको जन्म भयो तब यहाँका कबिलालाई एक गर्ने प्रयास भयो । र, आज पनि यो प्रयास जारी छ । साउदीको शाही परिवारले मान्छेहरुलाई आफ्नो पक्षमा उभ्याउनका लागि धर्म, पैसा र शक्तिको प्रयोग गर्ने गरेको बताइन्छ ।
जब इरानमा सन् १९७९ मा इस्लामिक क्रान्ति भयो तब साउदीका लागि एक असुरक्षाको भावना बढ्यो । इरानी क्रान्तिले मुस्लिम विश्वमा एक प्रतिस्पर्धी इस्लामिक शासनको विकल्प पेश ग¥यो । यसले साउदीको साजशाहीलाई असुरक्षित गर्नेवाला थियो ।
इरानको यो क्रान्तिले राजशाही खारेज गरिदियो । सन् १९७९ मा अयातुल्लाह खुमैनीले खाडीका देशमा अमेरिका समर्थित राजशाहीलाई उखेलेर फ्याँक्ने अपिल गर्यो । यसमा उनीहरूले साउदीबाट पनि राजतन्त्र उखेलेर फ्याँक्नु पर्ने भनेका थिए । साउदीमा इस्लामका दुई पवित्र स्थल छन् । तर इरानले थुप्रै पटक मुस्लिम विश्वमा साउदीको सत्तालाई चुनौती दियो ।
इरान शिया मुस्लिम देश भएपनि उसको शासन प्रणालीले मुस्लिम विश्वमा राजशाहीका विरुद्ध संघर्ष गर्ने भाव उत्पन्न गरेको थियो । इरानले साउदीको तुलनामा आफैं मुस्लिमहरूको हितैषी भएको तस्बिर प्रस्तुत गर्दै साउदीलाई चुनौती दिएको थियो ।
साउदीको शाही परिवारको प्रासंगिकता साउदीको इस्लामिक साखसँग पनि जोडिएको छ । साउदीले इस्लामको प्रवाहित धारालाई प्रोत्साहित गर्दछ ।
साउदीको डर
– साउदीको शाही परिवार सत्तामा आफ्नो पकडलाई लिएर सदैव सतर्क रहन्छ । आजको मितिसम्म जानकारले भनेअनुसार शाही परिवार भित्र पनि मतभेद छ । साउदीलाई डर छ कतै इस्लामिक विश्वमा इरान आफूमाथि हाबी नहोस् ।
– राजशाहीका विरुद्ध विद्रोह नहोस्, जस्तो कि इजिप्ट र ट्युनिसियामा जनताले शाही शासन उखेलेर फ्याँके ।
– सुन्नी चरमपन्थीहरूको उभारबाट पनि साउदीलाई डर छ । कतै साउदीलाई यसले भ्रष्ट र गैर–इस्लामिक घोषणा नगरिदियोस् । अल– कायदा र इस्लामिक स्टेटको उभार पनि साउदीको शाही परिवारका लागि त्रासयुक्त छ ।
– पूर्वी प्रान्तहरूमा शियाको बाहुल्यता पनि साउदीको चिन्ताको विषय हो । साउदीको त्यहाँ ब्यापक तेल भण्डार छ जहाँ शिया अल्पसङ्ख्यक बसोबास गर्छन् ।
– सीमामा इरानको बढ्दो प्रभाव विशेष गरी बहराइन र यमनको सीमाक्षेत्रमा इरानको बढ्दो प्रभावले साउदीलाई चिन्तित बनाउँछ ।
– यदि अमेरिकाले साउदीको शाही परिवारबाट आफ्नो समर्थन फिर्ता लिई, इरानलाई समर्थन ग¥यो भने सबै स्थिति परिवर्तन हुन सक्छ ।
– मुस्लिमका पवित्र स्थलका विषयलाई लिएर शाही परिवारसँगको विश्वास गुम्ने डर छ ।
- बीबीसी हिन्दीबाट अनुदित