काठमाडौं । सांसद रामवीर मानन्धरले सांसद पदबाट राजनीनामा दिने घोषणा गरेका छन् । काठमाडौ क्षेत्र नं. ७ बाट प्रतिनिधि सभामा विजयी भएका मानन्धरले नेकपाका नेता बामदेव गौतमका लागी राजीनामा दिएका हुन् ।
मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गरी मानन्धरले पाटीको सचिवालयको बैठककको निर्णय अनुसार सांसद पदबाट राजीनामा दिएको बताएका छन् । पाटीको निर्णय अनुसार आफुले राजीनामा गर्दा कतिपनी दुःखी नभएको उनले बताएका छन् । देशविकासमा नेता बामदेव गौतमको भूमिका आवश्यक परेकोले पनि आफुले राजीनामा गरेको उनले बताएका हुन् ।