धरान / सरकारले घरेलु कामदारका लागि महिलालाई विदेश पठाउन रोक लगाएको छ । तर मानव तस्करहरुले दोश्रो मुलुकबाट खाडीमुलुकह्रुमा पठाउन छाडेका छैनन् । पछिल्लो समय भारतबाट नेपाली पहिलाहरु तस्करी हुन थालेको छ । खाडी देशमा घरेलु कामदारको रुपमा पठाउन लागेका आठ नेपाली महिलाको नयाँदिल्लीबाट उद्धार गरिएको छ । उनीहरूलाई पहाडगंजस्थित होटल ओमेक्स डिलक्सबाट उद्धार गरिएको दुतावासले जनाएको छ । पाँच जनालाई इरान र तीन जनालाई कुवेत पठाउन त्यहाँ पु¥याइएको थियो । उनीहरू १९ देखि ३७ वर्षका हुन् । मानव तस्करले उनीहरूलाई बस र ट्रेनबाट त्यहाँ पु¥याइएका थिए । घरेलु कामदारका रुपमा वैदेशिक रोजगारीमा जान रोक लागेपछि भारत, श्रीलंकालगायतबाट विदेशिने क्रम बढेको छ । उनीहरुलाई निजी घर र होटलमा राखिएको थियो ।