काठमाडौं /  पूर्व राजाहरुले लगाउने श्रीपेच आज सार्वजनिक गरिएको छ । नारायणहिटी दरबार संग्राहलयमा रहेको श्रीपेचलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेसँगै सर्व साधारणका लागि श्रीपेज हेर्न खुल्ला गरिएको थियो । २०६५ सालदेखि सर्वसाधारणले हेर्न पाएका थिएनन् । अब संग्राहलय भ्रमण गर्नेले यो श्रीपेच हेर्न सक्नेछन् । विशेष सुरक्षाका साथ बुलेट प्रुफ सिसाको सोकेसमा श्रीपेचको साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट, तरबार लगायतका सामाग्री राखिएको छ ।

के छ श्रीपेजमा तत्कालीन राजाहरुले पहिरने श्रीपेचमा ७५० वटा हिराका टुक्रा छन् । टायरामा २ हजार ७ सय टुक्रा छन् । श्रीपेचको पछिल्तिर झुण्डिने आकर्षक कल्ली भने वर्ड अफ प्याराडाइज नामक चराको पुच्छर हो । श्रीपेचमा भएको कल्ली बाहेकका भागमा हिरामोती, माणिक, नवरत्न, सुन जडित छ । राजदण्ड र चमरमा भने सुनैसुन छ । अन्तिम राजा ज्ञानेन्द्र शाहले श्रीपेच लगाएका थिए । गणतन्त्र स्थापनापछि नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।