सप्तरी / प्रदेश नं २ का उद्योग, वन तथा पर्यटनमन्त्री रामनरेशराय यादवले कंकालिनी मन्दिर क्षेत्रलाई पर्यटकीयस्थल बनाइने घोषणा ग/रेका छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कंकालिनी मन्दिरमा फूलपातीका दिन हिजाे पूजा गर्न पुगेका मन्त्री यादवले मन्दिरको उत्तरतर्फ रहेको दहलाई सुन्दर तालमा परिणत गरी किनारमा उद्यान निर्माण गरिने र मन्दिर क्षेत्रमा यसै वर्ष बृहत् वृक्षरोपण गरिने पनि बताए ।
पूर्वी नेपालको प्रसिद्ध मन्दिर वेदवर्णित कोशी नदीको काखमा अवस्थित दह अति नै आकर्षक र शोभनीय बन्ने सम्भावना रहेकाले यसलाई व्यवस्थित गरिने योजना यादवले सुनाए । मन्दिर दर्शनका क्रममा मन्त्री यादवसँगै प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह पनि रहेका थिए ।