धरान / दशैंको अवधिभर बन्द रहेका सरकारी कार्यालयहरु आजदेखि खुलेका छन् । अघिल्लो वर्षसम्म द्वादशीको दिन पनि विदा हुने गर्दथ्यो । तर यस बर्ष सरकारले विदा कटौती गरे पछि आजबाटै कार्यलयहरु खुलेका हुन । एकदशी शनिवार परेकाले आजबाट खुलेका छन् ।
तर सरकारले यो वर्षदेखि घटस्थापना र द्वादशी र कोजाग्रात पूर्णिमाको विदा पनि कटौती गरेको छ । सबै बैक, सरकारी कार्यलयहरु खेले पनि विजयादशमीको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ । आफन्त माज्न्यजनहरुकोमा टिका ग्रहण गर्न जानेहरुको बसमा भीड हुने गरेको छ । कोजाग्रत पूर्णिमाको दिनसम्मै आफ्ना कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउने परम्परा छ ।