धरान / दशैको बेला धरान–४ स्थित भीरमुनी बेवारिसे अवस्थामा भेटिएका वृद्धका आफन्त पत्ता लागेको छ । ब्लाष्ट खवर डटकमले बेवारिसे वृद्धका विषयमा तस्विरसहित समाचार सार्वजनिक गरे पछि उनका आफन्तहरुले थाहा पाएर आज घर लगेका छन् ।
धरान–४ नं. का वडा सदस्य धनबहादुर राईका अनुसार आज विहानै उनका आफन्तहरुले लिएर गएका छन् । मोरङ केरावारी गाउँपालिका ७ मा दिदिसँग बस्दै आएका ५८ बर्षिय उदय राई नाम गरेका ती वृद्ध २/३ दिन गाउँ छाडेर जाने र पछि पर्कने गरेका थिए । तर यो दशैका बेला भने उनी एक सातादेखि घर नफर्केको वृद्धलाई लिन आएका उनका भाञ्जा खगेन्द्र राईले बताए । सामाजिक संजालमा ब्लाष्टखवर डटकमको समाचार पढेर आफ्ना मामा त्यता भएको थाहा पाएर प्रहरी चौकी देउरालीको सम्पर्कमा आएको चौकीमा कार्यरत हवल्दार पर्शुराम राईले जानकारी दिए ।
भाञ्जा खगेन्द्रका अनुसार ती ६५ बर्षे वृद्धले हालसम्म विवहा पनि गरेका छैनन् । उनको स्याहार आफुहरुले गर्दै आएको बताए । ‘हामीले खोजी रहेका थियौ । भेटिएको थिएन ।’–राईले भने–समाचार बढे पछि थाहा पायौं र आजै घर लगे ।’ उदय विन्दा गाउँ डुलेर बस्ने गथ्ये । उनी दिन विराएर आउने जाने गरि रहदा मामा कहाँ गए भन्ने खोजी नहुने गरेको स्थानीयले बताए । उदय केरावारी ७ भालकुडेका सबैका मामा हुन । सबैले मामा भनेर बोलाउने गर्छन् । गाउँमा पनि मन लागे बोल्ने नत्र लाटो जस्तो भएर बस्ने गरेको उनका भाञ्जा खगेन्द्रले बताए । उनलाई भीरबाट उद्धार गरि धरान–४ का कृष्ण राईले ३ दिनदेखि घरमा राखेका थिए ।