काठमाडौँ /  दुइई पार्टी एक भए पछि पहिलो दशै तथा तिहारको अवसरमा गर्न लागिको नेपाल कम्युनिष्ट पार्टीको(नेकपा)ले चियापान कार्यक्रममा ५० हजारलाई निमनत्रण गरेको छ । पार्टी एकतापछि पहिलो पटक विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा हुन गइरहेको चियापान कार्यक्रम भृकुटीमण्डपस्थित बगैँचामा आगामी शनिवार हुन लागेको हो । चियापानको तयारीबारे आज नेकपाका महासचिव तथा चियापान समारोह समितिका संयोजक विष्णु पौडेल, स्थायी कमिटी सदस्य योगेश भट्टराईले भृकुटीमण्डपस्थित चियापान स्थलको निरीक्षण गरेका छन् । दिउँसो १२ देखि ३ बजेसम्म पार्टीका कार्यकर्ता र सर्वसाधारण र दिउँसो ३ बजेदेखि ५ बजेसम्म विशिष्ट अतिथिको लागि समय छुट्टाइएको छ । दिउँसो ३ बजेदेखि नेपालस्थित विदेशी कूटनीतिज्ञ, राजनीतिक दलका नेता, संवैधानिक अङ्गका पदाधिकारी सहभागी हुने बताइएको छ । चियापान कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि ३ सय स्वयंसेवक परिचालन गरिने भएको छ ।