गफसँगैसँगै उनीहरुले रोमान्स गरे । ती युवतीले अंगालोमा राखेर बाधिन । केही क्षणमा बाहिरिन । लगत ती व्यवसायीलाई नयाँ नं. बाट फोन आयो । एक करोड दिनेकी भिडियो सार्वजनिक गरि दियौ भनेर । ुइन्दूले मायाको नाटक गरेर चुम्बन गरेर भिडियो बनाएको ती व्यवासयीले पत्तै पाएनन । त्यसपछि एक करोड रुपैयाँको बार्गेनिङ गर्दै दिनहुँजसो फोन आउन थालेपछि उनी प्रहरी समक्ष पुगेका थिए । उजुरी पछि प्रहरीले चुम्बन गर्ने ती युवती र फोनबाट करोडको बार्गेनिङ गर्ने युवकलाई पक्राउ गरेको उक्त रहस्य खुलेको हो । पक्राउ पर्नेमा निशा र इन्दु नाम बताउने पाँचथरको हिलिहाङ गाउँपालिका–४ की २५ वर्षीया इन्दिरा उप्रेती र गणेश लामा नाम बताउने गोरखाको पालुङटार नगरपालिका–८ का ३१ वर्षीय बद्रीनाथ लामिछाने रहेको प्रहरीले जनाएको छ । लामिछानेलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार बेलुका गौशालाबाट र उप्रेतीलाई बुधबार दिउँसो टेकुबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले जानकारी दिए । यसरी उनीहरुले अरुलाई पनि ठगी गरेको हुने सक्ने भन्दै प्रहरीले थप अनुसन्धान थालेको छ । नयाँ तरिकाबाट ठगी गर्ने यिे जोडीलाई कारबाहीका लागि बुधबार नै महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ।