दमक/झापाको गौरादहमा एक दिवसीय बृहत ऐतिहाँसिक सांस्कृतिक दशै मेलामा ३४ जातजातिले नृत्य प्रस्तुत गरेका छन् ।
कोजाग्रत पूर्णिमाको अवसर पारेर ३४ जातजातिले एउटै मञ्चमा नृत्य प्रस्तुत गरेका हुन् । सन्थाल जातिले १२ वटा नृत्य प्रस्तुत गरेका थिए । अन्य जातिले २२ वटा नृत्य प्रस्तुत गरेका थिए ।
सन्थाल, राजबंशी, नेवार, तामाङ, राई, लिम्वु, थारूलगायत विभिन्न जातिले आफ्नो संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए ।
वडा नम्वर १ को संयोजकत्वमा भएको कार्यक्रममा वडाध्यक्ष नगेन्द्र भण्डारीले गौरादह नगरमा बिभिन्न १३ प्रकारका जातजातीको बसोबास रहेको बताए ।
एक नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रि हिक्मत कार्कीको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको थियो ।