धरान / जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लाको दक्षिण क्षेत्रमा रहेको गाँजा खेती नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका इन्स्पेक्टर सुनिल  दाहाल र ईलाका प्रहरी कार्यालय दुहविका इन्स्पेक्टर राम नारायण माझीको कमाण्डमा खटिएको संयुक्त टोलीले गढी गाऊ पालिका–२ स्थित झोरा टोल र वडा न ५ को सत्यझोरा टोलमा घरघरमा लगाएको २ सय बोट गाजा फडानी गरि नष्ट गरिएको जिल्ला प्रहरी प्रमुख राजन अधिकारीले जानकारी दिए । यस्तै हिजो दिउसो गढी गाऊ पलिका–२ कै यादव टोलमा घरघरमा लगाएको ३ सय बोट गाँजा फडानि गरि नष्ट गरिएको छ । यता कोशी गाउँपालिका ४ खत्वे टोल र वडा न ७ स्थित मेहता टोलमा सिमा प्रहरी चौकी भण्टावारीबाट खटिएको प्रहरी टोलीले १५० बोट गाँजा गरि नष्ट गरेको छ ।