बिर्तामोड/झापा प्रहरीले जिल्लाका बिभिन्न स्थानमा तास खेल्ने ४२ जनालाई नगद र तास सहित पक्राउ गरेको छ ।
प्रहरीले झापाको मेचिनगर, भद्रपुर, दमक र बिर्तामोडमा चाडबाडका बहानामा तास खेलिरहेका ४२ जनालाई फत्राउ गरेको जनाएको छ ।
मेचिनर नगरपालिकामा नारायण गुरुङले सञ्चालन गरेको गुरुङ होटलको कोठमा तास खेलिरहेका १२ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ७७ हजार ३ सय नगद र ६ बुङ तास बरामद गरेको प्रहरीले जनाएको छ ।
चन्द्रगढीको खरखरे फिस कर्नरमा तास खेलिरहेका ९ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । फक्राउ परेका हरुको साथबाट १ लाख ३९ हजार रुपैंयाँ बरामद गरेको प्रहरीको भनाई छ ।
यस्तै दमकका हरिप्रसाद राईको घरमा डेरा गरी बस्ने कमला तामाङको कोठामा तास खेलिरहेका ९ जनालाई नियन्त्रत्रणमा लिएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट ७० हजार ५ सय १० रुपैंया बरामद भएको झापाका एसपी भिमप्रसाद ढकालले बताए ।
यसैगरी बिर्तामोडका डिल्लिराम कोइरालाको घरमा तास खेलिरहेको अवस्थामा ७५ हजार नगद सहित १२ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई जुवा मुद्दामा कारवाही शुरु गरिएको बताइएको छ ।