धरान/ खम्बुवान राष्ट्रिय मोर्चा धरान नगरसमिति बिहीबार पुनर्गठन भएको छ ।

नगरअध्यक्ष काजीमान राईको निधन भएपछि कार्यबाहक रहेका उपाध्यक्ष प्रेमराज राईलाई अध्यक्ष बनाइएको छ । पार्टीका केन्द्रीय अध्यक्ष आरके खम्बूको प्रमुख उपस्थितिमा भएको भेलाले सचिवमा पुष्कर गुरुङ, कोषाध्यक्षमा रुबिका राई चयन भए ।

यसैगरी सदस्यहरूमा जयमान खम्बू, बुद्धिराज खम्बू, मोतीकृष्ण राई, भेमिश्वरी राई, सरस्वती खम्बू, भीमबहादुर खम्बू, कर्ण खम्बू, कृष्णा थापामगर, दुर्गाधन खम्बू, लोकराज राई, भक्त भुजेल, इन्द्रकुमारी राई, गर्जमान परियार र अम्बर राई रहेका छन् ।

पुनर्गठित समितिलाई केन्द्रीय अध्यक्ष खम्बूलगायत अतिथिले बधाइ ज्ञापन गरे ।