इनरुवा/इनरुवा नगरपालिकाले नगरविकास योजनाबारे साझा धारणा तय गर्न सर्वपक्षीय बैठकको आयोजना गर्ने भएको छ । नगरप्रमुख राजन मेहताले नगरभित्र सञ्चालनमा रहेका विकासे योजना सार्वजनिकीकरणसहित सडक निर्माणसँगै समग्र नगरविकास लक्षित योजनाउपर साझा धारणा बनाउन भेला डाक्न लागिएको बताए । नगरपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार आउँदो शनिबार बिहान ७ः३० बजे इनरुवा खेलमैदानमा नगरवासीको उपस्थितिमा सरोकारवालासहित सर्वपक्षीय भेला आयोजना गरिँदै छ ।